Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ११,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ईरफान अली काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पारेका छन् ।

मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उनको आग्रहमा आफुले मन्त्रालय सम्हालेको बताए । मन्त्री खांनले भने, ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरु अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ बताएका छन्।’

खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा आउन पटक–पटक आग्रह गरेको उनले सुनाए । मन्त्री खानले भने, ‘खानेपानीमा थुप्रै समस्या छन्, महत्वपूर्ण कामहरु छन्, त्यहाँका समस्याहरु समाधान गर्नुपर्ने देखिएका कारण मन्त्रालय आउनुस् मिलेर काम गरौं भनि सचिवले आग्रह गर्नुभयो, त्यसैले मन्त्रालय सम्हाल्न राजी भएँको बताए ।’ मन्त्री खांनलेले एक जना सांसदले पनि मन्त्रालय सम्हाल्न आग्रह गरेको स्मरण गरेका थिए । उनले यिनै तीन कारणले मन्त्रालय सम्हाल्न आएको समेत बताए छन् ।
आफू केही गर्ने वाचाका साथ मन्त्रालयका सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए । मन्त्री खांनले भने, ‘राम्रो र इमान्दारीपूर्वक काम गर्नेको हरहमेसा मेरो साथ रहन्छ । अरु दायाँ–बायाँ गर्न पाइँदैन इमान्दारीपूर्वक काम गर्नेको साथमा म हुन्छु ।’ उनले एक घर, एक धाराको व्यवस्था, १० हजार लिटर पानी निशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली निशुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको बताएका छन् ।

खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरि आफूले काम गर्ने बताउँदै उनले गुणस्तरीय पानीको परीक्षणका लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था मिलाउने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ माघ ११,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ माघ ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद