काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । यसअघिदेखि सचिवालयमा रहेर प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका शर्मालाई प्रधानमन्त्रीले सोही पदमा नियुक्त गरेका छन् । शर्माले लामो समयदेखि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्डको प्रेस संयोजकको जिम्मेवारीमा रहेर काम गर्दैआएका थिए । आधिकारिक रुपमा प्रधानमन्त्री प्रचण्डले गत मंगलबार प्रेस संयोजकको औपचारिक नियुक्ति दिएको शर्माले जानकारी दिए । माओवादी केन्द्रका युवा नेता समेत रहेका शर्माले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस