Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आज १ बजे नयाँ मन्त्रीहरूको शपथ, को–को बन्दैछन् मन्त्री ?

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ३,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने पक्का भएको छ । सत्ता साझेदार दलहरुको सोमबार मध्यराति भागबन्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ आज दिउँसो १ बजे हुने निश्चित गरिएको छ ।

को–को बन्दैछन् मन्त्री ?

राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन् । सहरी विकास र खेलकुद मन्त्रालय पनि राप्रपाको भागमा परेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बन्नेमा ध्रुवबहादुर प्रधान नाम सार्वजनिक भएको छ । प्रधानलाई शहरी विकास मन्त्रालय दिने तयार भैरहेको बताइन्छ । दिपक सिंहलाई भने राज्यमन्त्री बनाउने तयारी गरिएको छ । राप्रपाबाट उपाध्यक्ष विक्रम पाण्डे तथा महामन्त्री धवलशम्शेर राणामध्ये एक जनालाई मन्त्री बनाइने तयारी छ ।

यता, नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा.विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. पौडेलको नाम पक्का भएको छ ।

त्यस्तै, नेकपा एमालेबाटै पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् । गिरी पर्वतबाट निर्वाचित सांसद हुन् ।

रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको छ । भनिन्छ, शिक्षामन्त्रीमा शिशिर खनाल तथा श्रम मन्त्रीमा डोलप्रसाद अर्यालको सम्भावना छ । रास्वपाकाले राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा भने निर्णय गरिसकेको छैन ।

नेकपा माओवादी केन्द्रबाट सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती लगभग पक्का भएको मााओवादी निकट स्रोतले जानकारी दिएको छ । सामान्य प्रशासन मन्त्रालयमा महिन्द्र राय यादवलाई पठाउने गरी छलफल भइरहेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ माघ ३,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ माघ ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद