वीरगञ्ज, २७ पुष । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी बाराको क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । यादव यसअघि प्रदेश सभामुख रहेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस