प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमाले चार मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ ।
उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जान लागेको हो । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्दैछन् । उनी वर्तमान सत्तागठबन्धनका एक प्रमुख सूत्रधार हुन् ।
यसअघि दुईपटक अर्थमन्त्री बनिसकेका पौडेल एमाले र माओवादी एकतापछि बनेको नेकपा ९नेकपा०का महासचिव थिए ।
एमालेले आजै शपथ ग्रहण गराउने गरी राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई पनि मन्त्री बनाउँदैछ । एमालेबाट मन्त्री बन्न लागेको चारैजना प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस