Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महामन्त्री थापा पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित, केहीदिन भित्रै मन्त्रिपरिषद् गठन हुने भनाइ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १४,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१४ मंसिर २०७९, बुधबार
काठमाडौं । नेपाली काँग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।

महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मंसिर १५ गते शुक्रबार ९भोलि० सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए ।

महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद् बन्ने समेत बताए । उनले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानून निर्माण गर्न आफू प्रतिबद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।

महामन्त्री थापाले भने, ‘अस्ती मलाई निम्तो गर्न आउँदाखेरी पनि म यो कार्यक्रम बाहेक अन्य कार्यक्रमहरुमा आउँछु भन्ने अवस्था नै थिएन । शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं । त्यसपछि अरु काममा जुट्नु पर्नेछ । मेरो त अर्को चुनाव आउँदैछ । मैले त्यो काममा केन्द्रित हुनुछ । केही दिनमा नयाँ मन्त्रिपरिषद् बन्छ । हाम्रो कानूनमा मन्त्रिपरिषदभित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन । तर संसदमा हामी ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले अब १र२ जना भन्दा बढी पुरुषहरु पर्दैनन् तर मन्त्रिपरिषदमा कानूनी व्यवस्था नभएकाले गर्दा मुस्किलले एक जना महिला समावेश हुने गरेका छन् ।’

उनले थपेका छन्, ‘अब संसदमा र मन्त्रिपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौं । म अहिल्यै भन्न सक्छु–मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने कानून हामीले बनाउनैपर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने कानुन हामीले बनाउनै पर्छ । यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आगामी निर्वाचनसम्म त्यो काम हुन्छ । पुसमा नयाँ मन्त्रीपरिषद बन्छ । माघबाटै सो कानून बनाउने काम लागौं ।’

महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहो¥याए । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका घरघरमै अभियान संचालन गर्नुपर्ने उनको भनाइ थियो ।सभार न्युज २४

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद