Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निर्वाचनमा दल र स्वतन्त्रले बालबालिका प्रयोग गरेको पृष्टि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १२,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ ।

भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०ले जनाएको छ ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी वेङ्क्वेट रानीहलमा आज आयोजित पत्रकार सम्मेलनमा कूल दुई सय १६ घटनामध्ये प्रचारप्रसार तथा ¥यालीमा एक सय ४४, घरदैलोमा १२, आमसभामा १८, प्रचारप्रसार सामाग्रीमा १३ र कलाकारका रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जानकारी दिएको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराए पनि निर्वाचनको समयमा कुनै न कुनै रूपमा बालबालिकाको प्रयोग भएको पाइन्छ ।

सिजपका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा सबैभन्दा बढी लोकतान्त्रिक बाम गठबन्धन दलहरूबाट बालबालिका प्रयोग भएका छन् । तीमध्ये बाम गठबन्धन दलहरूबाट १८, नेकपा ९एमाले० बाट ७१, अन्य सात दलबाट ३४ र स्वतन्त्र उम्मेदवारबाट १३ घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दलगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२, नेकपा ९माओवादी केन्द्र० ले १३, नेकपा ९एकीकृत समाजवादी०ले आठ, लोकतान्त्रिक समाजवादी पार्टीले तीन, लोकतान्त्रिक वाम–गठबन्धन दलहरूले ५२, नेकपा एमालेले ७१ घटनामा बालबालिकालाई प्रयोग गरेको देखिन्छ ।

एमाले, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठबन्धनबाट नौ घटनामा बालबालिका प्रयोग भएका सिजपले उल्लेख गरेको छ । राप्रपाले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, स्वतन्त्र उम्मेदवारहरूले १३, जसपाले तीन र विवेकशील साझा पार्टी, नेपाल सुशासन पार्टी र जनमत पार्टीले एक÷एक घटनामा बालबालिका प्रयोग गरिएको पाइएको छ ।

लोकतान्त्रिक वाम–गठबन्धनले १५ र नेकपा एमालेले १० घटनामा विद्यालयको प्रयोग गरेको पाइएको छ । निर्वाचनसँग सम्बन्धित गतिविधिमा विद्यालय तथा बालबालिकाको प्रयोगमा कमी भए पनि अझै यो अवस्थामा सुधार ल्याउन बाँकी रहेको सिजपका अध्यक्ष राजेश शर्माले बताउनुभयो ।

बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उहाँले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राख्नुभयो ।(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद