निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बारा क्षेत्र न.४ प्रदेशसभा (क) मा नेकपा एमालेका देवनारायण थारु (चौधरी) विजयी भएका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई पराजित गरे । चौधरीले १३ हजार २ सय १३ मत ल्याए भने उनका प्रतिस्पर्धी क्षेत्रबहादुरले ९ हजार ४ सय ५६ मत ल्याए । नेकपा एमालेका पुर्व जिल्ला अध्यक्षसमेत रहेका चौधरी पुर्व शिक्षक हुन् ।
यसैगरी प्रदेश सभा (ख) मा लोसपाका नेता जितेन्द्र सोनल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका संयुक्त उम्मेदवार आत्माराम साहलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सोनलले १३ हजार ५ सय ९६ मत ल्याए भने साहले ८ हजार २ सय ६२ मत ल्याए ।
आफ्नो प्रतिक्रिया दिनुहोस