Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा ४ मा समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ७,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बारा — प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्ष तर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिलेको अंक नै पर्याप्त रहेको बताए ।
‘प्रत्यक्ष तर्फको गणनाको आधारमा उहाँहरु फराकिलो मतले प्रतिनिधिसभा र प्रदेश सभाका लागि विजयी हुनु भएको छ,’ उनले भने, ‘तर औपचारिक प्रमाणपत्र भने अन्तिम मत परिणाम आएपछि दिइनेछ ।’

पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ नेकपा समाजवादीका केन्द्रीय सदस्यसँगै सत्ता गठबन्धन तर्फबाट उम्मेदवार थिए । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद