Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका विभिन्न वडामा यादवको घरदैलो, फेरी जिताएर पठाउने मतदाताको प्रतिक्रिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ मङ्सिर । प्रचारप्रसार गर्न पाउने आज अन्तिम दिन पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका लागि जसपा-एमाले गठबन्धनबाट साझा उम्मेदवार प्रदीप यादव वीरगञ्जका विभिन्न वडाहरुमा पुगेका छन् ।

चुनावी घरदैलोका उम्मेदवार यादव वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १४ पिपरा, वडा नम्बर १६ नगवा र वडा नम्बर २० हरपतगञ्ज गरी ५ वडाका मतदातासँग भेटघाट गरेका छन् ।

पाँच वटै वडामा पुगेर नेकपा एमाले र जसपाको सयुँक्त घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादव र प्रदेश सभा सदस्यका उम्मेदवार विचारी प्रसाद यादवले चुनावी एजेण्डाका सम्बन्धमा छलफल गरेका छन् ।

मतदातासँग भेट्दै पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले यसअघि ५ वर्षको कार्यकालमा आफुले गरेका कामको मूल्यांकन जनताले गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांसद् र मन्त्री बन्दा पनि यही क्षेत्रका जनताको आवाज आफुले उठाएको र यही क्षेत्रको विकास र समृद्धिका लागि पैरवी गर्दै आएको यादवको भनाई छ ।

भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक क्षेत्रमा पनि सँधै सक्रिय रहने यादवले फेरी पनि जित्नुपर्ने स्थानीय मतदाताको प्रतिक्रिया थियो । ५ वर्षभन्दा अघिका जुन सांसद् आएपनि केही काम नगरेकोमा यादवले ५ वर्षमा धेरै काम गरेको त्यस क्षेत्रका बासिन्दाले बताएका छन् ।

यसअघि सडक नै नभएका ठाउँमा आफ्नै पहलमा सडक बनाएको बताउँदै यादवले पनि अबको कार्यकालमा कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे । सडक सञ्जालको विस्तारबाट विद्यार्थी, कृषकदेखि अन्य पेशामा आबद्ध जनता प्रत्यक्ष लाभान्वित हुने र विकासको ढोका खुल्ने यादवको भनाई छ । यस क्षेत्रका लागि आफुले गरेको विकास र परिवर्तनको परिकल्पनालाई वास्तविकतामा बदल्नका लागि फेरी एकपटक छाता छापमा मतदान गरेर निर्वाचित गराउन यादवले आग्रह गरेका छन् ।

महिलालाई सशक्तीकरण बनाउनुका साथै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै यादवले महिलामुखी योजना र नीति निर्माणका लागि पहल गर्ने बताए । महिलालाई शिक्षित र दक्ष बनाउँदै उनीहरुमा उद्यमशीलताको विकास गर्न अबको प्राथामिकताको विषय हुने उनको भनाई छ ।

घरदैलोमा पर्साको क्षेत्र नम्बर १ (क) बाट जसपा र एमाले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवसहित गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद