Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमालेसंग ठगबन्धन गरेर मधेसी शहिदकाे अपमान गरेकाे जसपालाई जनताले सबक दिनेछन् : अजय चाैरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,०१ मंसिर : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चाैरसियाले मधेस विराेधी एमालेसंग अपबित्र गठबन्धन गरेर जसपाले मधेस आन्दोलन र मधेसी शहिदहरुकाे अपमान गरेकाे बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगाैलीमा बुधबार राति आयाेजित रात्री सभालाई सम्बाेधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चाैरसियाले भने , जुन एमालेले मधेस आन्दाेलनलाई माखे साङ्लाे भन्याे , मधेसी सपुतहरु मारिदा दुई चार वटा आँप झरेर केही फरक पर्दैन भनेर खिसि ट्युरी गर्याे त्यहि एमालेसंग अहिले चुनावमा गठबन्धन गरेर जसपाले मधेस आन्दाेलन र मधेसी शहिदहरुकाे बलिदानी र त्यागकाे अपमान गरेकाे छ ।

उनले मधेसी शहिदका परिवारलाई ५० लाख रुपैया दिने भाषण गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले भैंसी दिएर झारा टारेकाे आराेप पनि लगाए । उनले भने, अहिले जसपाका उम्मेदवार भाेट माग्न जनता बिच आइरहेका छन् , उनिसंग जनताले मधेसी शहिदका परिवारलाई ५० लाख खाेइ ? भनेर प्रश्न गर्नु पर्छ ? मधेस र मधेसीलाई सधै हेप्ने एमालेसंग अहिले गठबन्धन किन गर्नु पर्याे ? भनेर साेध्नु पर्छ ।

चाैरसियाले सत्ता स्वार्थका लागि पटक पटक मधेस विराेधी एमालेलाई साथ दिने जसपालाई यसपालिको चुनावमा मधेसी जनताले सबक दिने जिकिर पनि गरे । पर्सा २ मा अहिले जसपाबाट उम्मेदवार बनेका र आफुलाई विद्वान भन्दै हिडेका व्याक्तिका बारेमा जनता जानकार रहेकाे भन्दै चाैरसियाले भने, उनी आफुलाई विद्वान भन्दै भ्रम छर्दै हिडेका छन् , उनी विद्ववान भन्ने व्याक्तिसंग हरेक विषयमा म खुल्ला बहश गर्न तयार छु , याे मेराे चुनाैती हाे ।

आफू प्लटिङकाे धन्दा गर्ने व्यपारी नभएकाे भन्दै उनले भने, म जनसेवक हु , चुनाव जिते पनि हारे पनि जनताकाे बिचमा रहेर जनताकाे सेवा गर्दै आएकाे छु , यस क्षेत्रका सारा जनतालाई थाहा छ ।

आफू दुई पटक सांसद र एक पटक मन्त्री बन्दाका समय हरेक गाउँ गाउँमा पक्की सडक, नाला , पुल, धर्मशाला , विधालय भवन बनाएका कारण नै अहिले पनि आफू प्रति जनलहर बढेकाे देखेर जसपाका उम्मेदवारले अत्तालिएर गाली गलाैजमा उत्रिएकाे भन्दै चाैरसियाले भने , तर त्यस्ता गाली गलाैजले मलाई केही फरक पर्दैन , बरु अनुराेध गर्छु फाेहाेरी राजनीति नगर्नुस् यदि मैले बाेल्न थाले भने तपाईका धेरै पाेल खुल्नेछ , तर म त्याे अवस्था नआओस् भन्ने नै चाहन्छु ।

उनले अबकाे चुनावबाट फेरि केन्द्रमा र मधेस प्रदेशमा पनि काँग्रेस नेतृत्वकै सरकार बन्ने ठाेकुवा पनि गरे ।त्यस कारण जसपाले दुई चार सिट जित्दैमा त्यसले न त मधेस न त देशका लागि केही गर्न सक्ने भएकाले गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मत दिई विजयी गराउन चाैरसियाले आग्रह गरे ।
उनले राणा, पन्चायत र राजालाई फाल्ने काँग्रेसका नेता कार्यकर्ता र जनता जनार्दनलाई नधम्क्याउन जसपा र एमालेलाई चेतावनी पनि दिए ।

रात्री सभालाई पर्सा २ (ख) का प्रदेशसभा सदस्य उम्मेद्वार रमेश कुर्मीले पनि सम्बाेधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद