Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु – प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ३०,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३० कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगञ्जको नारायणी अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्ने आफनो एजेण्डा रहेको बताएका छन् ।

बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न टोलमा चुनावी घरदैलोका क्रममा मतदातालाई भेट्दै यादवले यस्तो बताएका हुन् ।

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका जसपाका उम्मेदवार यादवले नारायणी अस्पतालमा थप सेवा सुविधा विस्तार गरेर यस अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने वाचा पनि मतदाता सामु गरे ।

उनले भने, ‘मेरो एजेण्डाको एउटा प्रमुख मुद्दा नारायणी अस्पताल पनि हो । अब फेरि सांसदमा जितेपछि नारायणी अस्पतालको विकास र प्रवर्द्धनका लागि काम गर्छु, ढुक्क रहनु होला ।’

विगत पाँच वर्षमा आफनै प्रयासका कारण नारायणी उपक्षेत्रीय अस्पतालबाट क्षेत्रीय अस्पतालमा परिणत भएको स्मरण पनि उनले गराए । उनले भने, ‘खासगरि गरिब निमूखाहरुको उपचार पाउने नारायणी अस्पतालमा धेरै सुधारहरु हुँदै गएको छ । यद्दपी अझै धेरै काम गर्न बाँकी नै रहेको छ, त्यसका लागि आगामी कार्यकालमा म दिलोज्यानले लाग्नेछु ।’

नारायणी अस्पतालको पूर्वाधार विकासका लागि आएको बजेट कानूनी अड्चनका कारण अड्किए पनि अबको दिनमा त्यसलाई फुकाउँदै नारायणी अस्पतालमा थप सेवा सुविधालाई विस्तार गरेर यसलाई मेडिकल कलेजका रुपमा परिणत गर्नमा आफ्नो सबै शक्ति लगाउने उनले बताए । जसपाको राजनीतिसमिति सदस्यसमेत रहेका यादवले भने, ‘नारायणी अस्पताल मेडिकल कलेज बनेपछि यहाँका विरामीहरुलाई उपचारका लागि अन्यत्र जानुपर्दैन । सस्तैमा उपचार पनि पाइन्छ । त्यसका साथै यहाँबाट अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।

चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य उम्मेदवार मोहम्मद लालबाबु राउत गद्धीका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ कार्तिक ३०,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ कार्तिक ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद