Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ग्रामिण वडामा सुविधासम्पन्न स्वास्थ्य सेवा पुर्‍याउने पहल गर्छु : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २९,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २९ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुले मङ्गलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा पर्ने टेढा र जितपुर परसवामा घरदैलो गरेका छन् ।

प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवसँगै दुवै दलका नेता कार्यकर्ताहरुले घरदैलो गरेका हुन् ।

घरदैलोका क्रममा मतदाताहरुलाई भेट्दै पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले महानगरका ग्रामीण वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने वाचा गरे । उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता हो । यसलाई पूरा गर्न हरेक वाडमा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउनेछु । उपचारका लागि वीरगञ्ज बजारकै अस्पतालमा धाउनु पर्दैन ।’

उनले महानगरका ग्रामीण भेगका वडामा अझै पनि सर्वसुलभ उपचार गर्ने स्वास्थ्य संस्था नरहेको भन्दै सांसदमा जिते पछि हरेक वडामा सुविधा सम्पन्न सरकारी स्वास्थ्य संस्था बनाउने बताए । उनले भने, ‘बिरामीलाई तत्कालै रेस्क्यू गर्न सबैको पहुँच हुने गरी हेल्पलाइन सहित एम्बुलेन्स सेवा हरेक वडामा हुन्छ ।

उनले स्वास्थ्यका साथै ग्रामीण वडामा रहेका सरकारी विधालयको स्तरोन्नत्ती पनि आफनो प्राथमिकतामा रहेको बताए ।

जसपाका केन्द्रिय राजनीतिक समिति सदस्यसमेत रहेका यादवले विगत पाँच वर्षको कार्यकालमा आफूले गरेका कामको मूल्याङ्कन गरेर मत दिन मतदाताहरुसँग आग्रह गरे । यादवले भने, ‘अहिले चुनावमा धेरै नेताहरु भोट माग्न आइरहेका छन् । उनिहरु पटकपटक पदमा हुदा के के गरे ? म पहिलो पटक सांसद् हुँदा के के गरे ? तपाइहरुले त्यसको मूल्याङ्कन गरेर मात्र आफनो अमूल्य मत दिनुहोला ।’

चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ कार्तिक २९,मंगलवार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ कार्तिक २९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद