Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विचौलियाको अन्त्य गर्दै कृषकको उत्पादन सोझै उपभोक्ताको भान्सासम्म पुर्याउने योजना ल्याउँछु : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २८ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले कृषकहरुको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन् ।

सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ को मनियारी र वडा नम्बर २३ को सबैठवा, प्रसौनी र इटीयाइमा घरदैलो कार्यक्रमका क्रममा मतदाताहरुसँग कुराकानी गर्दै पूर्वमन्त्री समेत रहेका यादवले पर्साका कृषकहरुको सहजताका निमित्त विचौलिया हटाउँदै कृषि उत्पादन सोझै उपभोक्ताको घरसम्म पुर्याउने योजना ल्याउन आफूले पहल गर्ने बताएका हुन् ।

‘पर्साका कृषकहरु अहिले विचौलियाका कारण हैरान हुनुहुन्छ । उहाँहरुको उत्पादनलाई विचौलियाहरुले कम दरमा खरिद गरेर बजारमा महँगो मूल्यमा बेच्ने गरेका छन् । जसले कृषक र उपभोक्ता दुवैलाई घाटा छ,’ जसपा राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘तर अब त्यस्तो हुँदैन उहाँहरुको उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने किसानको उत्पादन, उपभोक्ताको भान्सा कार्यक्रम चलाउने मेरो योजना छ ।’

यादवले कृषिलाई आधुनिकीकरण गर्न र तालिम प्राप्त जनशक्ति बोलाएर जिल्लाका कृषकहरुको क्षमता अभिवृद्धि गर्ने योजना ल्याउन पनि आफूले पहल गर्ने बताए । छिमेकी मुलुक भारत र चिनले कृषिमा आधुनिकरण गरेर आफ्ना नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको बेला नेपालका कृषक भने पारम्परिक माध्यमबाट नै काम गर्न बाध्य भएको औल्याउँदै यादवले भने, ‘कृषिलाई आधुनिकरण गरेर यहाँ हुने कृषि उपजमा पनि वृद्धि गर्ने म योजनाहरु ल्याउन सरकारसँग पहल गर्छु ।’

कृषकहरुको समृद्धिलेनै पर्सा जिल्लाको समृद्धि हुने बताउँदै यादवले तरकारीजन्य उत्पादनलाई विदेश निर्यात गर्ने व्यवस्था मिलाउने र प्रत्येक वडाका दुध, दही लगायत अन्य उपयुक्त उत्पादनको ब्रान्डीङ्ग गरिने जस्ता योजना ल्याउने पनि आफूले सोच बनाएको बताए ।

घरदैलो कार्यक्रममा जसपा-एमाले गठबन्धनकै तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादवको पनि सहभागिता रहेको थियो । कार्यक्रममा जसपा-एमालेका समर्थकहरुले प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद