Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उद्योगीक व्यवसायीले भोगिरहेको सुरक्षा चुनौतीको विषयलाई सदनसम्म पूर्याउँछु : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २६ कार्तिक । जसपा-एमाले गठबन्धनबाट पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले लामो समयदेखि औद्योगिक राजधानी र वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउने बताएका छन् ।

शनिबार वीरगञ्ज-२१ स्थित ताजपुरमा घरदैलोका क्रममा मतदाताहरुलाई आफ्नो एजेण्डा सुनाउने क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउनुका साथै वीरगञ्जलाई औद्योगिक राजधानी घोषणा गर्न आफूले पहल गर्ने बताएका छन् ।

स्थानीय मतदातासँगको भेटघाट पश्चात आयोजित अनौपचारिक कार्यक्रमका क्रममा यादवले नेपालको सबैभन्दा महत्वपूर्ण उद्योग भएको क्षेत्र औद्योगिक करिडोर घोषणा नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै यादवले भने, ‘सबैले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने, वीरगञ्ज-पथलैया क्षेत्रलाई उद्योगीक करिडोर घोषणा गराउछु भनेर जान्छन तर काम कसैलेपनि गर्दैन । तर, यसपटक म सांसद्का रुपमा निर्वाचित भएर गए पाँच वर्षभित्रमा जसरी पनि यसको क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउँछु ।’

यस क्षेत्रलाई उद्योगीकहरुले वर्षौदेखि औद्योगिक करिडोरको माग गर्दै आएका छन् ।

त्यस्तै यादवले यस औद्योगिक क्षेत्रमा रहेका उद्योगी र व्यवसायीले भोगिरहेको सुरक्षा चुनौतिको विषयलाई पनि आफूले जोडदार तरिकाले उठाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यहाँका उद्योगहरु सुरक्षित छैनन्, राज्यले प्रदान गर्ने सुरक्षा संयन्त्र अपुग छ । अब त्यस्तो हुँदैन । उद्योगीकहरुको सुरक्षाका लागि म पहल गर्छु । पर्यो भने सदन मात्र होइन सडकमा पनि आएर देखाउँछु ।’

घरदैलो कार्यक्रममा नेकपा-एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव, जसपा तथा एमालेका कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद