Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेता होइन जनताको सेवक बनेर काम गरेको छु, अगाडि पनि गर्नेछु : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २२ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा बुधबार जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो गरेको छ । जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतले वडा नम्बर ११ को रानीघाट र श्रीपुरमा घरदैलो गर्दै मतदातालार्य भेटेर जसपालाई मतदान गर्न आग्रह गरे ।

मतदातासँगको भेटघाटामा प्रतिनिधीसभा सदस्य उम्मेदवार एवम् पूर्वमन्त्री यादवले विकास र जनताको सेवा नै आफनो मूल एजेन्डा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने बताए ।

उनले पाँच वर्षको कार्यालयमा आफुले यीनै दुइ वटा एजेण्डामा ध्यान केन्द्रित गरि जनता माझ रहेको र फेरि अवसर पाए यीनै एजेण्डाका साथ अगाडि बढ्ने बताए । मतदाताहरुको गुनासा पनि सुन्दै यादवले भने, ‘म सांसद् बने, त्यसपछि छोटो अवधीका लागि मन्त्री पनि बने, सकेको जति जनताको लागि काम गरे, अब केहि अधुरा कामहरु पनि पुरा गर्नुछ, त्यसका कारण फेरि अवसर दिन तपाईहरुसँग आग्रह गर्छु ।’

आफु पदमा रहँदा होस् वा पदमा नरहँदा होस्, जहिले पनि नेता भन्दा जनताको सेवक बनेर बसेको भन्दै यादवले समृद्ध पर्सा र समृद्ध पर्सावासीको नारालाई आफुले सदैव लिएर अगाडि बढेको र आगामी दिनमा पनि त्यहि अनुसार बढ्ने बताए ।

मधेस र मधेसका जनताको पहचिान, अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको भन्दै उनले भने, ‘नागरिकता लगायत केहि मुद्धा अझै सम्बोधन हुन बाँकी छन्, ती पुरा गराउन फेरि जसपाले अवसर पाउनु पर्छ ।’

चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता थियो । उनीहरुले प्रदीप यादव जिन्दवासी, छाता छाप जिन्दावाद, प्रदीप यादवलाई मतदान गरौँ, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद