Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

किसान को चुनावी एजेण्डा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नं ४ बाट बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिएका छन ।

नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरुलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता जनाएका छन । उनले सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्कि सडकको रुपमा विस्तार गरिने, अमलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने प्रतिवद्धता पनि जनाएका छन । प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने प्रतिवद्धता जाहेर गरेका छन ।

नेता श्रेष्ठले विश्रामपुर- इटियाही-प्रसौनी-खुटवा-बुनियाद-इनर्वासिरा-महेन्द्र लोकमार्गसम्म सडक सञ्जाल निर्माण गरिने, छतवा-वतरा-फुलवरिया-फेटा-भर्वलिया- भलुही-बंजरिया-हरपुर इनर्वासिरा हुदै महेन्द्र लोकमार्गमा जोडिने उल्लेख गरेका छन । राष्ट्रिय गौरबका योजनाहरु फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्‍न गर्ने तथा विरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई बिशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख गरिएकाे छ ।

आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने पनि उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

पर्सा राष्ट्रिय निकुन्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा बिकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने, औधौगिक करिडोरमा मजदुरका लागि २ सय शैयाको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिवद्धता पनि उनकाे घाेषणा पत्रमा उल्लेख गरिएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद