पर्सा, २१ कात्तिक / पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेललाई दुई वडावासीहरुले भव्य रुपले स्वागत गरेका छन । अपराध मुक्त र भ्रष्टाचार मुक्त अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई दुई वडावासीहरुले भव्य रुपले स्वागत गरेका हुन ।
सोमवार बिहान वीरगंज महानगरपालिका वडा नम्बर १८ र २२ का वडावासीहरुले स्वतन्त्र उम्मेदवारी दिनु भएका पटेललाई टिका माला लगाई भब्य रुपले स्वागत गरेको थिए । घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई देख्नासाथ आफ्नो नेताको आग्मन भएको भन्दै स्थानीयहरुले फुलको माला र टिका लगाई भव्य रुपले स्वागत गरेका थिए । स्वागत मात्र नगरी वडा भित्र घरदैलोमा समेत सहभागिता जनाएका थिए ।
मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनि काम गर्ने वाचा संगै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन । वडा नम्बर २२ का मतदाताहरुका अनुसार आफुहरु यसपालि हुन गइरहेको प्रदेश ससभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै रोज्ने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचन गराउने प्रतिवद्धता जाहेर गरेका छन ।
© 2024