Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपाको लहर : गेट ग्रिल उद्योग संघका अध्यक्ष सहित दर्जनौं जसपा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन विभिन्न पेशा व्यवसायमा संलग्नहरु पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्न थालेका छन् ।

जसपा–एमाले गठबनधनका पनि साझा उम्मेदवार रहेका यादवले विकास निर्माणका क्षेत्रमा गरेका काम र जनताको सुखदुखमा दिँदै आएका साथका कारण प्रभावित भएर उनलाई जिताउनकै लागि भन्दै अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेको बेला अब विभिचन्न पेशा व्यवसायमा संलग्नहरु पनि जसपामा प्रवेश गर्न थालेका हुन् ।

आइतबार गेट ग्रिल उद्योग संघका पर्सा जिल्ला अध्यक्ष जितेन्द्र श्रीवास्तवको नेतृत्वमा दर्जनौ व्यवसायी र कामदारहरु जसपामा प्रवेश गरेका छन् ।

वीरगञ्जको रोधमाइमा आइतबार आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष श्रीवास्तवसँगै संघका पदाधिकारी र सदसस्यहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेका हुन् । उनिहरुलाई पूर्वमन्त्रीसमेत रहेका यादवले खादा लगाएर पार्टीमा स्वागत गरे ।

यसअघि विभिन्न दलमा आफुहरु आबद्ध रहे पनि ती दलका नेताले आफुहरुको पेशा र व्यवसायका बारेममा कहिले पनि ध्यान नदिएकोले उनिहरुको गुनासो थियो । जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले भने के गरि के धनी सबैको लागि हितमा सोच्ने नेता भएका कारण आफुहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेको संघका अध्यक्ष श्रीवास्तवले बताए ।

त्यस अवसरमा बोल्दै जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले जसपा गरिब, मजदुर, किसान, व्यपारी, उद्योगी सबैको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी भएको भन्दै पार्टीमा पेशाकर्मीहरु प्रवेश गरेकोमा खुशी व्यक्त गरे । यसले पर्सामा जसपालाई थप मजबुत बनाएको भन्दै उनले भने, ‘जसपाले हरेक पेशा र व्यवसायको सम्मान गर्छ, कसैलाई केहि समस्या भयो भने जसपा उसको साथमा खडा हुन्छ ।’

त्यस अवसरमा जसपाका युवा नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद