वीरगन्ज, १९ कार्तिक – बारामा जितरपुर सिमरा उपमहानगरका नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष सहित झण्डै तीन सय जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
जीतपुर सिमरा नगर कमिटिका उपाध्यक्ष वीरेन्द्र गिरि सहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रभावशाली नेता गिरि सहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एमाले त्यागेर नेकपा एसमा प्रवेश गर्नेहरुमा नगर कमिटी उपाध्यक्ष गिरि, नेताहरु नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर न्ंसारी, कविता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत छन् । उनीहरुलाई पाँच दलिय सत्ता गठबन्धनका तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभासदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान) ले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै नेकपा एसका नेता एंव पूर्वमन्त्री समेत रहेका श्रेष्ठले एमालेबाट देश विकास नहुने ठोकुवा गरे । एमाले मधेसको मात्र नभइ देशकै विकास विरोधी पार्टी भएको आरोप लगाउदै श्रेष्ठले बाराको क्षेत्र नम्बर ४ को विकासमा आफु गंभिर भएर लाग्ने प्रतिवद्धता पनिा जनाए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका वीरेन्द्र गिरिले एमालेभित्र गुण्डागर्दि हाबि भएको र एमालेबाट देशको विकास सम्भव नभएको एमाले पतनको स्थितिमा पुगेको बताए ।