Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा ४ मा एमालेका उपाध्यक्ष सहित ३०० नेता नेकपा एसमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १९ कार्तिक – बारामा जितरपुर सिमरा उपमहानगरका नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष सहित झण्डै तीन सय जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

जीतपुर सिमरा नगर कमिटिका उपाध्यक्ष वीरेन्द्र गिरि सहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रभावशाली नेता गिरि सहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले त्यागेर नेकपा एसमा प्रवेश गर्नेहरुमा नगर कमिटी उपाध्यक्ष गिरि, नेताहरु नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर न्ंसारी, कविता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत छन् । उनीहरुलाई पाँच दलिय सत्ता गठबन्धनका तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभासदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान) ले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै नेकपा एसका नेता एंव पूर्वमन्त्री समेत रहेका श्रेष्ठले एमालेबाट देश विकास नहुने ठोकुवा गरे । एमाले मधेसको मात्र नभइ देशकै विकास विरोधी पार्टी भएको आरोप लगाउदै श्रेष्ठले बाराको क्षेत्र नम्बर ४ को विकासमा आफु गंभिर भएर लाग्ने प्रतिवद्धता पनिा जनाए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका वीरेन्द्र गिरिले एमालेभित्र गुण्डागर्दि हाबि भएको र एमालेबाट देशको विकास सम्भव नभएको एमाले पतनको स्थितिमा पुगेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद