पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले पनि वडा नम्बर १६ मा घरदैलो गर्नुभएको छ । घरदैलो कार्यक्रममा उहाँले मतदाताहरुसँग भेटघाट गर्दै वीरगन्जको विकास र आत्मसम्मानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
राजनीतिमा खराब व्यक्तिहरुको प्रवेशले नै दुर्गन्धित भएको र दलहरुको अस्तित्व संकटमा परेको बताउदै अब समाज निर्माणमा स्वतन्त्र व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले समाजमा हरेक किसिमका समुदायहरु मिलेर बसेपनि राजनीतिको नाममा विभाजित गर्ने दुष्प्रयास गरिएको भन्दै वीरगन्जका सुसंस्कृत नागरिक र सभ्य समाज निर्माणको लागि मंसिर ४ गते माछा छापमा मतदान गर्न आग्रह गर्नुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस