वीरगंज ।
पर्सा क्षेत्र नं. ३ का एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकुमार गुप्ताको पक्षमा जनमत देखिए पनि आन्तरिक रूपमा उनको स्थिति कमजोर देखिएको छ ।
पार्टी भित्रको आन्तरिक विवाद मिलाउन नसक्नु प्रदेशसभामा आफूले प्रतिबद्धता व्यक्त गरेको व्यक्तिहरुलाई उम्मेदवार बनाउँछु भनेर अन्य पार्टीबाट ल्याएर अलपत्र बनाउनु जस्ता कार्यले गर्दा गुप्ता कमजोर बन्न थालेका छन् ।
राजकुमार गुप्ताले पर्सा क्षेत्र नं. ३ को १ बाट निर गिरीलाई उम्मेदवार बनाउँछु भनेर नेपाली कांग्रेस छोडाएर ल्याएका थिए । निर गिरी अहिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैगरी ३ को २ बाट किरण गुप्तालाई उम्मेदवार बनाउँछु भनी ल्याएका थिए । अहिले राजकुमार गुप्ताले ज.स.पा.बाट अबदुल रहिम अन्सारी (मन्जुर) लाई १६ वटा वार्डको सम्पुर्ण निर्वाचन खर्च ब्याेहोर्नु पर्छ भन्दै रातारात नेकपा एमाले ल्याएर लडाउँदैछन् । जस्को कारणले गर्दा सुगौलीका निर्वतमान प्रमुख हरिनारायण चौधरी र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले नहर माथि भोट चाहिएकोमा मन्जुरलाइ लिएर नआउनु भन्दै ठाडै जवाफ बिहीवारको मीटिंगमा फर्काए पछि गुप्ता तनावमा छन् ।
प्रह्लाद गिरी फैक्टरले गुप्ता माथी थप दवाव सृजना गरेको छ । पर्सा जिल्लाकै पुरानो वामपन्थी नेताका रूपमा चिनिए तापनि पार्टी परिवर्तनमा चलायमान देखिएका गिरी नेकपा एमालेमा प्रवेश गर्दा गुप्ता चिढिए । टिकट पाउने सम्भावना नदेखेपछि प्रह्लाद गिरी क्षेत्र नं.३ को २बाट उम्मेदवारी दिए । प्रह्लाद गिरी अहिले नेकपा एसबाट उम्मेदवारी दिएका छन् ।
प्रदेश सभामा उनको आफ्नो प्रभाव क्षेत्रमा विन्दवासिनी गाउँपालिका र पोखरीया नगरपालिका छ। त्यहाँबाट राजकुमार गुप्तालाई मत नजाओस् भनी कडा फिल्डिङमा गिरी व्यस्त छन् ।
आफ्नो चाहेजस्तो परिणाम निकाल्न राजकुमारले कडा मेहनत गर्न जरुरी छ। सभार अंकुश