Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सहित सयौ नेता लोसपामा प्रबेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – वाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले सांसद ५० पटकभन्दा बढी आफूले वीरगञ्ज चिनी र कृषि औजार कारखानाबारे आवाज उठाएको बताएका छन्।

वीरगञ्जमा शुक्रबार उनीआबद्ध लोकतान्त्रिक समाजवादी पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिनी र कृषि कारखाना सञ्चालनका लागि संसद्मा लागातार आवाज उठाएको जिकिर गरे।

कर्णले आफूले संसद्मा आवाज उठाएकै कारण अहिले बजेटमा व्यवस्था भएर कृषि औजार कारखाना सञ्चालनमा आउन लागेको दाबी गरे। सञ्चालनमा आउन लागेको कृषि औजार कारखानाको निगरानी र चिनी कारखाना पनि सञ्चालनमा ल्याउन आवाज उठाउनको लागि जनताले फेरि आफूलाई मत दिएर विजयी गराउनुपर्ने उनको भनाइ थियो।

‘संसद्मा पचास चोटि चिनी र कृषि औजार कारखानका लागि बोलेको छु, तपाईंसित अहिले मोबाइल ल्यापटप छँदै छ युट्युबमा गएर हेर्नुस्, उनले भने, ‘बजेटमै व्यवस्था भएर सञ्चालनमा आउन लागेको कृषि औजार कारखाना कसरी चल्छ त्यसको निगरानीका लागि पनि लक्ष्मण लाल कर्णलाई जनताले जिताउनुपर्छ।’
वीरगञ्जमा उच्च अदालतको स्थापना गराएर यहाँबाट अन्यत्र अदालत नजाओस् भनेर जमिनसमेत उच्च अदालतलाई उपलब्ध गराइसकेको कर्णले बताए।

सांसद रहँदा विभिन्न समिति उपसमितिमा सभापति भएर काम गरेको अनुभव सुनाउँदै संसदीय सुनवाइ समितिमा पनि रहेर काम गरेकाले पर्सा जिल्लाको नाम उच्च स्थानमा राखेको कर्णको कथन थियो।

आफ्ना प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार प्रदीप यादव र कांग्रेसका बागी अजय द्विवेदीप्रति लक्ष्य गर्दै उनले अब आउने आँधीले छाता छापलाई उडाउने र वर्षाले माछा छापलाई पोखरीमा लुक्न बाध्य बनाउने बताए।

पर्सा क्षेत्र नम्बर १ मा पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट लोसपाका कर्ण उम्मेदवार छन्। एमाले जसपाबाट पूर्वमन्त्री प्रदिप यादव र कांग्रेसका बागी अजय द्विवेदी उम्मेदवार छन्। यी तिनै जनाबीच यहाँ मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद