वीरगन्ज, १८ कार्तिक : निर्वाचनको मिति नजिकिदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै गएको छ ।
पर्सा क्षेत्र नम्बर २ मा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र २ (क)का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलेको लोकप्रियताका कारण अन्य दलका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ ।
शुक्रबार बहुदरमाइ नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरमि जसपाका प्रभावशाली नेताहरुको नेतृत्वमा करिब ३ सय जना काँग्रेसमा प्रवेश गरेका छन् । चौरसिया र पटेलको घरदैलो कार्यक्रमका क्रममा गत स्थानीय तह निर्वाचनमा जसपाबाट वडा सदस्यमा चुनाव लडेका भरत साह र जसपाकै नेता लक्ष्मण साहको नेतृत्वमा ३ सय जना काँग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई चौरसिया र पटेलले अबीर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
जसपाले सिटको लोभमा मधेस विरोधी एमालेसंग गठबन्धन गरेकाले अब जसपा पनि मधेस विरोधी कित्तामै उभिएका कारण आफुहरुले जसपा छाडेर काँग्रेसमा प्रवेश गरेको नवप्रवेशी साहद्वयले बताए ।
त्यस अवसरमा नेपाली काँग्रेस पर्साका उपसभापति अशोक गुप्ताका साथै काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।
© 2024