Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमाले बारामा कमजोर बन्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बारा । निर्वाचन नजिकिदै गर्दा बारामा नेकपा एमालेका नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्ने क्रम बढेकाे छ ।

जसका कारण एमाले जिल्लामा कमजोर बन्दै गएको हाे । जिल्लामा बसेर राजनीति गरेका पार्टीका संस्थापक नेतादेखि संविधान सभा सदस्य, प्रदेश तथा जिल्ला र नगर कमिटीका दर्जनौं स्थापित नेता-कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गर्ने क्रम बढेसँगै एमाले बारामा कमजोर बन्न थालेको हो । दुई साता यता पटक-पटक करिब ५ सय स्थापित नेता कार्यकर्ताले असन्तुष्टि राख्दै एमाले त्यागेपछि जिल्लामा संगठित कार्यकर्ताको धरातल खुम्चिएको विष्लेषकहरुले बताएका छन् ।

निजगढ र डुमरबानाका पूर्व गाविस अध्यक्षहरुले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केहीले स्थापित नेताले संघमै स्वतन्त्र उम्मेदवारी दिएका छन् । कतिपय नेताहरुले भने पार्टी परिर्वन गरेका छन् । जिल्लाका ४ क्षेत्र मध्ये पुरानो किल्ला मानिएको क्षेत्रमा समेत २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा समेत जित हात पार्न नसकेको एमालेले यतिबेला जिल्लमै स्थापित इमान्दार नेता तथा कार्यकर्ताले एमाले छाड्दै जान थालेपछि मत परिणाममा ठूलो क्षति पुग्ने अनुमान गर्न थालिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) सँगको गठबन्धनले कैयौं नेता अवसरबाट वञ्चित हुनु परेपछि बारामा एमालेलाई ठूलो धक्का पुगेको हो । प्रतिस्पर्धी दल एमालेको क्षेत्रगत रुपमा निर्वाचनकाे माहाेल खुम्चिएसँगै गठबन्धनका उम्मेदवारहरु भने उत्साहित बनेका छन् ।

बारामा एमालेले जसपासँग क्षेत्र नम्बर १ र ४ मा गठबन्धन गरेको छ भने क्षेत्र नम्बर २ मा प्रदेश सभा लिएर संघको जसपा उम्मेदवारलाई सर्मथन गरेको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा भन्दै आफ्नो दलको उम्मेदवार उठाएका छन् । सभार इमेज

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद