Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यसपालि हाम्रो रोजाइ अजय चौरसिया र रमेश कुर्मी – पर्सा २ का मतदाता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १७ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारलाई बिहीबार दे्खि झन तिब्र पारेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते अर्थात बिहीबार देखि दल र उम्मेदवारले चुनावी सभासम्मेलन, कोणसभा , सभा इत्यादि गर्न पाउने अनुुमति दिएसंगै पर्सा २ मा सत्तागठबन्धनका उम्मेदवारहरुले पनि बिहीबार देखि चुनावी प्रचार प्रसारलाई अझ तिब्र पारेका हुन् ।
बिहीबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र लोसपाबाट प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले घरदैलोमै पुगेर मतदातालाई भेटेका छन् । त्यसक्रममा स्थानीय र मतदाताहरुले दुवै उम्मेदवारलाई फूलमाला लगाएर स्वागत गर्दै यसपालि आफुहरुले गठबन्धनकै उम्मेदवारलाई जिताउने बताए ।युवा देखि बृद्धबृद्धा मात्र नभइ गृहिणी महिलाहरुले पनि यसपालिको आफनो रोजाई चौरसिया र कुर्मी नै भएको भन्दै समर्थनमा नारा पनि लगाएको घरदैलोमा सहभागी काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले जानकारी दिए ।
मतदाताहरुको स्वागतबाट उत्साहित प्रतिनिधीसभा सदस्य चौरसियाले आफना क्षेत्रका जनताको जीवनस्तरमा सुधार नै मुख्य लक्ष्य रहेको बताए । किसान र मजदुरहरूको आर्थिक समुन्नति पनि प्रमुख प्राथमिकतामा रहेको भन्दै चौरसियाले भने ,‘ सहरसँग बाटोघाटो जोडिँदा र उद्योगहरू खुल्दा त्यसबाट सबैभन्दा बढी किसान र मजदुर वर्ग लाभान्वित हुन सक्नुपर्छ, अन्यथा यी विकासका पूर्वाधारहरूबाट उच्च वर्ग÷ ठूला व्यापारीले मात्र फाइदा लिने स्थिति बन्छ , त्यस कारण विकासका यी पूर्वाधारहरूलाई न्यून आय भएका मजदुर÷किसानको आर्थिक स्तरोन्नतिको आधार बनाउन म सधैं नै प्रतिबद्ध र सक्रिय रहन्छु ।
उनले मधेसको मसिहा बताउदै आएको जसपा अहिले सिटको लोभमा मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेकाले अब जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएकाले मधेसी जनताबाट बहिष्कृत हुने बताए ।

चुनावी घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मी , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , काँग्रेस जिल्ला कार्य समिति सदस्य पण्डित पुरुषोत्तम दुबे , काँग्रेसका नगर सचिव रन्जित पटेलका साथै लोसपाका पनि नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद