Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

प्रदीप यादवको पहलमा माओवादीका दुइ दर्जन युवाहरु जसपा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १६ कार्तिक । जनयुद्ध कालदेखि नै नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेका वीरगञ्जका दुई दर्जन भन्दा बढी युवाहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ का युवा नेता धर्मनाथ कुशवाह र कृष्णा कुशवाहको नेतृत्वमा दुई दर्जन भन्दा बढी युवाहरु सामुहिक रुपमा नेकपा माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । जसपाको राजनीतिक समितिका सदस्य समेत रहेका यादवकै निवासमा बुधबार आयोजित एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका युवाहरु जसपामा प्रवेश गरेको यादवका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

माओवादी केन्द्रमा परिवारवाद हावी हुँदै गएको र पार्टीमा कुनै योगदान नहुनेहरुको हाली मुहाली बढेको कारण आफूहरुले पार्टी परित्याग गरेको जसपामा प्रवेश गरेका धर्मनाथ कुशवाहले आरोप बताए । उनले भने ,‘जनयुद्ध कालदेखि पार्टी भित्र रहेर हामीले संघर्ष ग¥यौं तर हाम्रो त्यागको त्यहाँ मूल्यांकन भएन , आफ्नो परिवारका व्यक्तिलाई अगाडि बढाउने, पार्टीमा कुनै योगदान नहुनेलाई स्थान दिने प्रवृति हावी भएपछि हामीले घर परिवर्तन गर्न बाध्य भयौँ ।

कुशवाहले जसपाले मधेशको मुद्दा उठाउनुका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत सुधार ल्याउने काम गर्दै आएकोले आफूहरुले जसपा प्रवेश गरेको प्रतिक्रिया दिए ।

उनले पर्सा जिल्लाको विकास र समृद्धीका लागि प्रदीप यादवलाई पुन: निर्वाचित गराउनु पर्नेमा जोड पनि दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद