१५ कात्तिक, वीरगञ्ज
पर्सा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई मत माग्दै घरदैलो कार्यक्रम गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा घरदैलो गर्दै मत मागिएको हो ।
नेता द्विवेदी पत्नी सुस्मा द्विवेदी सहित महिला नेतृहरुले घरदैलो गर्दै माछा छापमा मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।
वडा नम्बर ४ को जेल रोड, विर्ता क्षेत्रमा बिहान घरदैलो गरिएको नेतृ द्विवेदीले जानकारी दिईन् । त्यसैगरि साँझ ४ बजेपछि वडाका बाँकी ठाउँमा घरदैलो गरिएको उनले बताईन् । नेता द्ववेदीको लागि भोट माग्दै बुधबार बिहान ७ बजे वडा न १२ मा हरिहर नाथ मन्दिरबाट र अपरान्ह ४ बजे वडा न ३० लालपर्सामा घरदैलो कार्यक्रम राखिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस