Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लोकतान्त्रिक बाम गठबन्धन प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् ः अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१५ कार्तिक ः पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले चुनाव नजिकिदै जादा मतदातासंगको भेटघाट कार्यक्रमलाई झन तिब्र पारेको छ ।
काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलले मङगलबार पनि चुनावी घरदैलो गरेका छन् । नेता कार्यकर्ता सहित दुवै उम्मेदवारले पर्सागढी नगरपालिका वडा नम्बर ७ को टिकुलीया, एकटांगा , रघुनाथपुर , फुलवरीया र बागेश्वरीमा पुगेर मतदालाई भेटेका हुन् । त्यसक्रममा दुवै उम्मेदवारलाई त्यहाका स्थानीयले फुलमाला लगाएर स्वागत पनि गरेका थिए । मतदातासंग भेट्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले काँग्रेस प्रति बढ्दै गइरहेको जनलहरले विपक्षीहरुले आत्तिएर भ्रम फैलाइरहेकाले त्यस्ता भ्रममा नपर्न आग्रह गरे ।
उनले सधै मधेस र मधेसीको विरोधमै रहदै आएको एमालेसंगै जसपाले अहिले आएर बढि सिटका लागि अचानक साँठगाँठ गरेकोले जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएको पैष्ट भएको बताए ।
मधेस काँग्रेसको आधार क्षेत्र भएकाले काँग्रेसले सदैव मधेसको मर्म बुझदै आएकाले मधेसी जनता यसपालि पनि काँग्रेसकै साथमा रहेको बताए । चौरसियाले भने ,‘ जसपा जो सिटको बहानामा मधेस विरोधीसंग घाँटी जोड्न पुगेको छ , सिट बढि पाएपछि उसलले मधेस मधेसीको एजेन्डा चटक्कै बिर्सियो , त्यस्ता दल र उसका उम्मेदवारलाई मधेसी हु भनेर भोट माग्ने कुनै नैतिकता नै छैन ।
नागरिकता लगायत मधेसका मुद्धा सम्बोधनका लागि काँग्रेस नेतृत्वको सरकारले पटक पटक प्रयास गर्दा पनि एमालेकै कारण रोकिएको यथार्थ जनता माझ छर्लङग नै रहेको पनि उनले बताए । चौरसियाले भने ,‘ अब पनि त्यहि मधेस विरोधी र उससंग साँठगाँठ गर्ने जसपाले जित्यो भने नागरिकताको समस्या फेरि सामधान हुदैन ।
चौरसियाले प्रतिगमनका मतियारहरुलाइ जनताले यसपालि अवश्य सबक सिकाउने पनि बताए । चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद