Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मणलाल कर्ण संयुक्त शक्ति प्रदर्सन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ९,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मणलाल कर्ण र पाँच दलीय सत्ता गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार राम नारायण प्रसाद कुर्मिले जनतासँगको भेटघाट तथा छलफललाई तीब्रता दिएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार बनेकाले संयुक्त रूपमा बुधवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका मतदातासँग भेटघाट गरेका छन् ।
घरदैलोमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

भेटघाटका क्रममा कर्णले प्रतिगमनको विरुद्धमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरेका छन् । यसअघि पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कर्णले आफुले त्यस क्षेत्रमा गरेका विकास निर्माणका कामलाई क्षेत्र नम्बर १ मा पनि गर्ने प्रतिबद्धता जनाएका छन् ।

जनताका समस्यासँग नजिकबाट परिचित रहेको बताउँदै बरिष्ठ अधिवक्तासमेत रहेका कर्णले आफ्नो राजनीतिकदेखि सामाजिक कार्यको मूल्यांकन जनताले गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

सो अवसरमा छपकैयाका जनताले कर्ण र कुर्मीलाई स्वागत गर्दै जितको शुभकामना दिएका छ्न । यस क्षेत्रबाट यसअघि निर्वाचित भएर गएका हरुले क्षेत्र र जनताका लागि केहिपनि नगरेको आरोप लगाउँदै विकल्पका रुपमा कुर्मी र कर्णलाई चुनेको स्थानीयहरुले बताए ।

कुर्मीले पनि आफू जनताको हकहितका लागि काम गर्ने बताउँदै आफूलाई निर्वाचित गराएर पठाउन आग्रह गरे । उनले पर्सा जिल्लाको समग्र विकासका लागि लोकतान्तिक बाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेकोले यसपालि लोकतन्त्रको पक्षमा मतदान गर्न आग्रह गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ कार्तिक ९,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ कार्तिक ९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद