पर्सा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अजय चौरसियाले उम्मेदवारी दिएका छन् । विगत लामो समयदेखि राजनीतिमा आफ्नो भूमिका निभाउदै आएका नेता चौरसियाले यसपाली प्रदेशमा आफ्नो उमेदवारी दिएका छन । उमेदवारी दर्ता गराएसँगै नेता चौरसियाले आफ्नो उमेदवारी यस क्षेत्रको विकासको लागि भएको र आफू राजनीतिमा लामो समयदेखि लागेकोले आफूसँग विकास गर्न धेरै भिजनहरु रहेकोले आफ्नो जीत सुनिश्चित रहेको बताए । उनले आफू दिनरात पर्सावासीको सुख दुःखमा साथ र सहयोग गर्दै आएकोले जन्ताको चाहना अनुसारनै आफू उमेदवारी दिएको बताए । उनले आफ्नो जीत सम्पूर्ण पर्सा वासीको जीत हुने र यसलाई एउटा नयाँ सोच र भिजनले काम गर्ने प्रतिबद्धता जनाए । एक फरक प्रसङ्गमा उनले यो गठबंधन देशको बिकाश र राजनीतिक निकासका लागि भएकोले पाँच दलीय गठबन्धनको नै जीत हुने ठोकुवा गरे ।
© 2024