०८ असोज, वीरगञ्ज
युवा नेता नरेश यादव नेकपा माओवादीमा केन्द्रमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. १८ का स्वतन्त्र यृुवा नेता यादव नेकपा(माओवादी)मा प्रवेश गरेका हुन् ।
नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा शनिबार पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा उनी औपचारिक रूपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबिर र खादा लगाएर उनलाई पार्टीमा स्वागत गरेका थिए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नरेशले स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
३९५ सदर र १०५ बदर गरी ५०० मत ल्याएर दोस्रो स्थान हाँसिल गर्न सफल भएका थिए । एक्लैले केही गर्न नसक्ने महशुस भएपछि उनी पार्टीमा प्रवेश गर्न ईच्छुक देखिएका थिए । माओवादीको विचार र सिद्धान्त मनपरेपछि माओवादी केन्द्रमा प्रवेश गरेको उनले बताए ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेताहरु मातृका यादव, उर्मिला अर्याल, रहवर अंसारी, सलाउदिन अहमद, टेकबहादुर शाक्य, बिरेन्द्र यादव, बृजमोहन यादव लगायतको उपस्थिति रहेको थियो ।
© 2024