पर्साको पकाहा मैनपुर गाउँपालिका अध्यक्षमा तिन जनाले उम्मेदवारी दिएका छन् । पकाहा मैनपुर गाउँपालिकाअध्यक्षका लागि निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया सहित तीन जनाले उम्मेदवारी दिएका हुन् ।
पकाहामैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया, ज्योति कुमारी र प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
निवर्तमान अध्यक्ष चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका चौरसिया १ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस