Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २५,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सा नगरपालिका वडा नम्बर–४ स्थित बारवा टाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूको आशीर्वाद, जेन्जी युवाहरूको उल्लेखनीय सहभागिता तथा स्थानीयवासीको सक्रिय समर्थन देखिएको थियो।

घरदैलो क्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै रास्वपाका उम्मेदवार सुशील कुमार कानुले क्षेत्रका प्रमुख समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। स्थानीय कृषकहरूले जंगली जनावरबाट बालीमा भइरहेको ठूलो क्षतिबारे गुनासो गरेपछि उम्मेदवार कानुले निर्वाचित भएपछि सो विषय सदनसम्म पुर्‍याएर दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाए।

उनले वैदेशिक रोजगारीका कारण गाउँ–घर खाली हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय स्तरमै उत्पादनमूलक रोजगारी विकास गर्ने र फर्किएका युवाहरूलाई आत्मनिर्भर बनाउने योजनाबारे जानकारी दिए। साथै, स्थानीय महिलालाई पशुपालनसम्बन्धी उच्च सीप तालिम प्रदान गर्ने, स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए।

कानुले स्थानीय तहमा कृषकहरूलाई जंगली जनावरबाट हुने क्षति समयमै समाधान गरिने, सुशासन प्रवर्द्धन गरिने र व्यवहारिक विकासमार्फत समृद्ध समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा सुशासन र व्यवहारिक विकासको सन्देश प्रत्येक टोल–टोलमा पुर्‍याइने उल्लेख गरेका थिए ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले रास्वपाको वैकल्पिक राजनीति, सुशासन र विकासको एजेन्डाप्रति चासो र समर्थन व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८२ माघ २५,आईतवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८२ माघ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद