Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपाको अभियान, सुशासन र रोजगारीको सन्देश टोल–टोलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २५,आईतवार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २७ घुर्मी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा, रोजगारी, शिक्षा र सुशासनका विषयलाई केन्द्रमा राख्दै रास्वपाले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेको छ।
घरदैलोका क्रममा रास्वपाले जेष्ठ नागरिकलाई घरमै वृद्धभत्ता उपलब्ध गराउने पुरानो तर प्रभावकारी नीति पुनः कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएको छ। लामो समयदेखि वृद्धभत्ता लिन कार्यालय धाउनुपर्ने बाध्यता खेप्दै आएका जेष्ठ नागरिकका लागि घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था अत्यावश्यक रहेको स्थानीयको भनाइ थियो।
यस्तै, जेन्जी युवाहरूका लागि रोजगारी सिर्जना, महिलालाई स्वरोजगारका अवसर, उच्च सीपमूलक तालिम तथा सोही स्तरको उच्च शिक्षाको व्यवस्था रास्वपाको प्रमुख एजेन्डा रहेको उम्मेदवार सुशील कुमार कानुले बताएका छन्। उनले आफू निर्वाचित भएसँगै यी आधारभूत समस्याहरूको समाधानका लागि पहल गरिने स्पष्ट पारेका थिए ।
स्थानीयवासीसँगको संवादका क्रममा उम्मेदवार कानुले समयको मागअनुसार प्राविधिक शिक्षाको विकास अपरिहार्य रहेको उल्लेख गर्दै सीप र रोजगारीलाई जोड्ने नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। “सीप बिना रोजगारी सम्भव छैन, र रोजगारी बिना समृद्ध समाज निर्माण हुँदैन,” उनले भने, “स्थानीय स्तरमै प्राविधिक शिक्षा र तालिमको पहुँच विस्तार गरिनेछ।”
घरदैलो कार्यक्रममा सहभागी स्थानीयले पुरानै नारा र आश्वासनबाट दिक्क भइसकेको प्रतिक्रिया दिँदै व्यवहारिक र परिणाममुखी विकासको आवश्यकता औंल्याएका थिए। रास्वपाले समाजमा सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीति स्थापित गर्ने सन्देश स्थानीय टोल–टोलमा प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमले घुर्मी क्षेत्रमा रास्वपाप्रति जनचासो र समर्थन बढ्दै गएको संकेत गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ माघ २५,आईतवार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ माघ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद