Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले पार्टीभित्र देखिएको एकता र सक्रियताले आफूमा नयाँ ऊर्जा थपिएको बताएका छन्।

बुधबार वीरगन्जमा सम्पन्न नेकपा एमाले वीरगन्ज महानगर कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले युवा कार्यकर्ताहरूको उत्साह र संगठनात्मक सक्रियताले पर्सामा एमालेको जित सुनिश्चित हुँदै गएको दाबी गरे।

उनले पार्टीको सफलताको आधार नेता र कार्यकर्ताको मेहनत तथा सक्रियता नै भएको उल्लेख गर्दै यसपटक पर्सामा सबै तहका नेता–कार्यकर्ता एकजुट भएर चुनावी अभियानमा लागेको देख्दा उम्मेदवारहरूको मनोबल उच्च भएको बताए। “पार्टीभित्र देखिएको एकताले हामी उम्मेदवारहरूमा थप ऊर्जा र आत्मविश्वास बढाएको छ,” यादवले भने।

वीरगन्ज महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलीको अध्यक्षता तथा केन्द्रीय सदस्य विजयकुमार सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा महानगर इन्चार्ज विचारी यादवको पनि उपस्थिति रहेको थियो।

बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ५५१ सदस्यीय वीरगन्ज महानगर निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। साथै समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र जनआधार मजबुत बनाउने विषयमा नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा पर्सा क्षेत्र नम्बर २ की उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर ३ का उम्मेदवार रुपेश पाण्डेलगायत केन्द्रीय, जिल्ला र महानगर तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ माघ १४,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद