वीरगन्ज — पर्सामा हुन गइरहेको निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका सबै निर्वाचन कार्यालय तयारी अवस्थामा पुगेका छन्।
मुख्य निर्वाचन अधिकृत मधुसूदन आचार्यका अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ। “आजसम्म निर्वाचनसम्बन्धी सबै तयारी पूरा भइसकेको छ, अब मनोनयन प्रक्रिया अगाडि बढ्छ,” उनले भने।
उनका अनुसार उम्मेदवारले मनोनयन पत्र पेश गरेपछि त्यसको रुजु गरी दर्ता गरिनेछ। नगदे रसिद काटिएपछि विवरण कम्प्युटर प्रणालीमा इन्ट्री गरिने व्यवस्था गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



