Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – पछिल्ला केही महिनादेखि अनियमित रूपमा भइरहेका विद्युत् कटौतीले पीडित बनेका वीरगञ्जवासीका लागि अब आशाको किरण देखिन थालेको छ। समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको सक्रिय पहलले उच्च तहमा प्रत्यक्ष संवाद गराउँदै, जिम्मेवार निकायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

नगरप्रमुख सिंहले ऊर्जा मन्त्री दीपक खड्कासँग भेट गरी वीरगञ्जमा दैनिक जनजीवन प्रभावित हुने गरी भइरहेको विद्युत् आपूर्तिको अस्थिरताप्रति गम्भीर चासो व्यक्त गर्दै शीघ्र समाधानको माग गर्नुभएको थियो।

त्यसको केही दिनमै, नेपाल विद्युत् प्राधिकरणका निर्देशक मनोज यादव स्वयं वीरगञ्ज आइपुग्नु र नगरप्रमुखसँग प्रत्यक्ष छलफल गर्नु, समस्याको संवेदनशीलतालाई बुझेर तिनको समाधानका लागि जिम्मेवारीपूर्वक कदम चालिएको संकेत हो।

भेटमा नगरप्रमुख सिंहले बिजुलीको समस्याले विद्यालयमा पठनपाठन, अस्पतालमा उपचार, घरघरको दैनिकी र उद्योगधन्दा सबै प्रभावित भएको गुनासो राख्दै भने,

“यो समस्या केवल बिजुली जाने विषय होइन, यो शिक्षा, स्वास्थ्य र आर्थिक क्रियाकलापमा समेत प्रत्यक्ष असर पार्ने गम्भीर विषय हो।”

प्रतिक्रिया स्वरूप निर्देशक यादवले वीरगञ्ज क्षेत्रलाई प्राधिकरणको प्राथमिकता सूचीमा राखिएको बताउँदै,

“वीरगञ्जको समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक पूर्वाधारको जडान प्रक्रिया सुरु भइसकेको छ,”
भनेर स्थायी समाधानप्रति प्रतिबद्धता जनाउनुभयो।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विद्युत् शाखा प्रमुख राजीव उपाध्याय र वितरण केन्द्रका प्रमुखहरूको उपस्थिति रहेको थियो, जसले यो प्रयासलाई संस्थागत रूपमा पनि गम्भीरता दिइएको देखाउँछ।

स्थानीयवासीहरू अब नगर नेतृत्व र विद्युत् प्राधिकरणबीचको सहकार्यबाट समस्याको समाधान निकट छ भन्ने विश्वासमा छन्। सबैको समन्वय र इच्छाशक्तिले वीरगञ्ज पुनः उज्यालो सहर बन्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद