Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिडियोलाई गढीमाई मेलामा शान्ति सुरक्षा कायम गर्न – गृहमन्त्री लेखकको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १९,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री लेखकले बाराका निर्देशन दिदैँ भने –
बारा । संघ सरकारका उपप्रधान तथा गृहमन्त्री रमेश लेखश मधेस प्रदेश आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक गढीमाई मन्दिरको दर्शनका लागि बुधबार प्रदेशस्थित बारा जिल्ला आइपुगेका हुन् ।

गृहमन्त्री लेखकले बुधबार बिहान गढीमाई मन्दिरको दर्शन तथा पूजापाठ सँगसँगै मेलाको अवलोकन तथा निरिक्षण समेत गरेका छन् । दर्शनपश्चात उनले मन्दिरका पूजारीबाट टिका र प्रसाद समेत ग्रहण गरे ।

मन्दिर दर्शनपछि सञ्चारकर्मीहरुसँग कुराकनी गर्दै मन्त्री लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिएको बताए । तसर्थ यसको संरक्षण तथा मेलालाई सभ्य भव्य बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

गढीमाई मेलामा सुरक्षा व्यवस्था चुस्त राख्न तथा मेलालाई व्यवस्थित बनाउनका लागि कुनै कसर बाँकी नराख्न प्रमुख जिल्ला अधिकारी ९सिडियो० लाई निर्देशन समेत दिएको उनले सुनाए ।

मेलामा शान्ति, सुरक्षा कायम गर्न बाराका सिडियो बसन्त अधिकारीलाई निर्देशन दिएको गृहमन्त्री लेखकले जानकारी गराए ।

मेलामा दर्शनार्थीहरुको चाँप बढी हुने भएकाले यहाँ सुरक्षा व्यवस्था कडा हुनुपर्ने भन्दै मन्त्री लेखकले आवश्यक परे थप सुरक्षाकर्मी टोली परिचालन गर्ने उनको आश्वासन छ ।

यहि मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरुको चाँप बढ्दो छ । मन्दिरमा २२ गते विशेष पूजा तथा २३ र २४ गते बलि चढाइनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद