Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिडियोलाई गढीमाई मेलामा शान्ति सुरक्षा कायम गर्न – गृहमन्त्री लेखकको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १९,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री लेखकले बाराका निर्देशन दिदैँ भने –
बारा । संघ सरकारका उपप्रधान तथा गृहमन्त्री रमेश लेखश मधेस प्रदेश आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक गढीमाई मन्दिरको दर्शनका लागि बुधबार प्रदेशस्थित बारा जिल्ला आइपुगेका हुन् ।

गृहमन्त्री लेखकले बुधबार बिहान गढीमाई मन्दिरको दर्शन तथा पूजापाठ सँगसँगै मेलाको अवलोकन तथा निरिक्षण समेत गरेका छन् । दर्शनपश्चात उनले मन्दिरका पूजारीबाट टिका र प्रसाद समेत ग्रहण गरे ।

मन्दिर दर्शनपछि सञ्चारकर्मीहरुसँग कुराकनी गर्दै मन्त्री लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिएको बताए । तसर्थ यसको संरक्षण तथा मेलालाई सभ्य भव्य बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

गढीमाई मेलामा सुरक्षा व्यवस्था चुस्त राख्न तथा मेलालाई व्यवस्थित बनाउनका लागि कुनै कसर बाँकी नराख्न प्रमुख जिल्ला अधिकारी ९सिडियो० लाई निर्देशन समेत दिएको उनले सुनाए ।

मेलामा शान्ति, सुरक्षा कायम गर्न बाराका सिडियो बसन्त अधिकारीलाई निर्देशन दिएको गृहमन्त्री लेखकले जानकारी गराए ।

मेलामा दर्शनार्थीहरुको चाँप बढी हुने भएकाले यहाँ सुरक्षा व्यवस्था कडा हुनुपर्ने भन्दै मन्त्री लेखकले आवश्यक परे थप सुरक्षाकर्मी टोली परिचालन गर्ने उनको आश्वासन छ ।

यहि मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरुको चाँप बढ्दो छ । मन्दिरमा २२ गते विशेष पूजा तथा २३ र २४ गते बलि चढाइनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद