Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पत्रकार शर्मालाई फसाउने षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सकृय

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
A A
4
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१० मंसिर – पर्साका क्रियाशील पत्रकार हरिशंकर शर्मालाई फसाउने ठूलो षड्यन्त्र भएको छ । ज्यान मार्ने कसुरमा १० बर्ष र हातहतियार तथा खरखजाना मुद्दामा ३ बर्ष जेल कैद सजाय काटेर बाहिर आएका व्यक्ति अपहरणमा पर्नु तथा मध्यस्तकर्ताको लागि प्रहरी र पत्रकार दुवैलाई एकै पटक आमन्त्रण गर्नुले घटनालाई रहस्यपूर्ण बनाएको छ ।

त्यसैगरी, अपहरणमा परेका भनिएका व्यक्ति प्रहरीलाई भेटन जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्नु तथा पैसा लिएर पत्रकारलाई कुरा मिलाई दिन हार गुहारको नाटक गर्नु आदी बिषयले पत्रकार फसाउने ठूलो षड्यन्त्र भएको देखिन्छ ।
रक्सौलमा अपहरणमा परेको भन्दै दावी गरी रहेका व्यक्ति पत्रकार भेटन वीरगंज वसपार्क पुग्नुले घटना आर्थिक लेनदेनको हो कि रु भन्ने संकेत गरेको छ । यती मात्र होइन पत्रकारसँगै पक्राउ परेको वीरगंज इनर्वा निवासी संतोष दास जेलमा रहेको बेला अपहरित भनिएका शेष भोलाको कनेक्शन तथा बिगतको मित्रताले पनि धेरै कुरा छर्लङ्ग गरेको छ ।

जेल बसाईको क्रम जेलको चौकीदार वसेका शेख भोला र संतोष दासको मित्रता रहेको जानकारहरुको भनाई छ । भोलाले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको जानकारी अनुसार पनि संतोषको समूहले थुनछेक गरी सादा चेक, मोटर साईकल, बिलबुक लाइसेन्स तथा नागरिकताको सकल कपी खासेको थियो । सो क्रममा हरिशंकरको कुनै उपस्थिती रहेको देखिदैन ।

पत्रकार पक्राउ पर्दा तस्करका नाइकेहरु प्रहरीलाई दवाव दिन जिल्ला प्रहरी कार्यालय पुग्नु तथा प्रहरीलाई भ्रमित गर्ने काम गर्नुले पनि अनुसन्धान प्रक्रियालाई गुमराह पार्न खोजिएको प्रष्ट हुन्छ । शेष भोलासँगै संतोष दासलाई भेट गर्ने क्रम प्रहरी पुग्नु र ५० हजार रकम वरामद हुनु तथा रकम के को हो भन्ने अहिले सम्म नखुल्नुले पनि घटनालाई अर्कै रुप दिन प्रयास भएको हो कि भन्ने प्रश्न उब्जिएको छ ।

हरिशंकर शर्मालाई पेशेवर अपराधी जस्तै राख्नु तथा परिवारलाई समेत भेटन नदिनुले प्रहरीको अनुसन्धान माथी नै प्रश्न उब्जिएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको पत्रकार शर्मालाई अनुसन्धानका लागि पर्सा अदालतले ७ दिनको म्याद दिएको छ ।

केहि दिनअघि जेलमा वसेका कैदीहरु अवेर राती सम्म वीरगंज छेवमै रहेको एक गाउँमा आयोजना भएको वैवाहिक भोजमा सामिल भएको तथा नाचगान गरिरहेको भिडियो शर्मालाई फेला परको थियो । शर्माले सो भिडियो हेर्दै जादा जेलमा सजाय भुक्तान गरिरहेका जेलका नाइके दिनेश र उनका सहयोगीलाई देखेपछि अचम्ममा पर्दै सो बारेमा बुझ्न जेलर र एसपीलाई कल गरेका थिए िदुबैको फोन नउठे पछि शर्माले पर्साका सिडियोलाई कल गरेर यस बारेमा बुझेका थिए प्रजिअले म बुझछु भने, एकैछिनमा शर्मालाई कल गरेर दिनेश त जेलमै सुतिरहेको छ भनेपछि शर्माले आफुसंग भएको भिडियो प्रजिअ अर्याललाई शेयर गरेका थिए ।

प्रजिअ अर्याललाई भिडियो प्राप्त भए लगतै राती नै वीरगंज करागारमा फोन गरेपछि कारवाहीमा पर्ने डरले जेलका नाइखेदखि बाहिर वसेका तर जेलसम्म कनेक्शन राखेका डनहरुलाई कल गरेर यो घटनालाई मिलाउन दवाव दिएपछि प्रहरी, जेलर र तस्कर मिलेर पत्रकार शर्मालाई फसाउने योजना तयार पारेको स्रोतको दावी छ । किनभने प्रजिअले कल गरे लगतै पुर्व नाइके भोलाको शर्मालाई कल आउनुले पनि प्रजिअले घटनाको बारेमा भोलालाई जानकारी गराएको प्रष्ट हुन्छ किनभने भिडियोको बारेमा शर्मा र सिडिओ बाहेक अरु कसैलाई जानकारी थिएन् ।

जेल सजाय भोगेका कुख्यात अपराधी भोला सेखलाई अपहरण गरेर फिरौती मागेको आरोपमा प्रहरीले पत्रकार शर्मालाई पक्राउ गरेको २४ घण्टासम्म पर्साका प्रमुख जिल्ला अधिकारी अर्याललाई जिल्ला प्रहरी कार्यालय पर्साले बिफ्रिङ्ग नगर्नुले पनि शंका उत्पन्न गरेको छ । किनभने प्रजिअ अर्याललाई आईतवार साँझ ५ बजे तिर मात्रै प्रहरीले म्याद थपको लागि लगेको ब्रिफिंग गरेको थियो ।

नेपाल पत्रकार महासंघ पर्सा तथा मधेश प्रदेशका पदाधिकारीहरु समेत घटनाको बिषयमा पर्सा प्रहरी अधिकृतहरु बुझ्न खोज्दा भेट नगर्नु पत्रकारलाई अपराधी जस्तै व्यवहार गर्नु आदीले पनि थप शंका उत्पन्न भएको छ । सन्तोष दास तत्वाका परिवारिक स्रोतले दिएको जानकारी अनुसार भोला भन्ने शेष सा महम्द जेल वस्दा जेलमा संगै रहेका सन्तोष तत्वालाई रिहा गराई दिने तथा मुद्दालाई कमजोर गर्नको लागि मोटो रकम लेनदेन भएको हो ।

सो बेला तत्वाको जग्गा जमिन भएको थियो । तर तत्वालोई जेलबाट उम्मुती दिलाउँन नसक्दा पैसा मागेको कुरा सत्य नै हो । यी तमाम घटना परिघटनाले पत्रकार फसाउँन स्थानिय प्रहरी प्रशासन समेत सकृय रहेको प्रष्ट हुन्छ । जेलमा वसेका व्यक्तिहरु जेलरसँगै कसरी बिहेको भोजमा सरिक हुन राती जेलबाट निस्किन्छ र फेरी रातारात आफ्ना अनेकन क्रियाकलाप गरी जेल फर्किन्छ । बिहेको भोजमा वीरगंज कारागारका प्रमुख, नाइके दिनेश सर्राफ,चौकीदार फिरोज अहम्द तथा बिकी अग्रवाल भन्ने बिकी रौनियारसँगै शेषभोला पनि शुक्रवार राती अवेर सम्म बिहे भोजमा सरिक थिए । सभार नेपाल पोष्ट डेलीबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद