Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ – रवि लामिछाने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १०,सोमबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धानको क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जीवी राईलाई पक्राउ गर्न आफूले मलेसियाका गृहमन्त्रीसँग २ पटक कुराकानी गरेको बताएका छन् । आइतबार जिल्ला अदालतमा बयान दिने क्रममा उनले जीवी राईलाई पक्राउ गर्नुपर्ने कुरामा आफू नै सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधि भएको जिकिर गरे ।

‘जीवी राईलाई पक्राउ गर्नुपर्ने कुरामा सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधि हुँ । मैले मलेसियाका गृहमन्त्रीसँग दुई पटक टेलिफोन सम्पर्क गरेँ,’ उनले भने, ‘जीवी राईको पासपोर्ट खारेज गर्न यही अदालतमा निवेदन आएको हो । तर, सम्मानित अदालतबाट आदेश आउन सकेन ।’ उनले बचतकर्ताको रकम फिर्ता गराउने प्रतिवेदन दिने पनि आफैँ भएको दाबी गरे ।

‘मैले काम गर्दा देशभरका सयौँ, हजारौँ सहकारी पीडितहरूको विषय उठाएको रेकर्ड अझै पनि छ । तर यही सहकारीका मानिसहरू कहिल्यै पनि तपाईँको टेलिभिजनमा हाम्रो पैसा आएको हो, हामी पीडित भयौँ भन्न आएनन्,’ उनले अघि भने, ‘मैले टेलिभिजन छोडेर गएको एक–डेढ वर्ष कहिल्यै मैले मेरा विरुद्ध कुनै कुरा सुन्न परेन । न कसैले समाचार बनायो, न कसैले प्रहरीमा भने ।’

संसदीय छानबिन समिति आफ्नै लागि मात्रै बनेको उनको गुनासो छ । ‘मलाई नै केन्द्र बनाएर संसदीय छानबिन विशेष समिति बनाइयो । त्यसकारण प्रतिवेदनको मध्यविन्दुमा म नै थिएँ,’ लामिछानेले भने, ‘सरकार परिवर्तन भयो, मानिसको बोली परिवर्तन भयो ।’ उनले दुई प्रधानमन्त्रीले नै आफ्ना विषयमा फरक भूमिकामा हुँदा फरक बोल्ने गरेकोमा दुखेसो पोखे ।

‘त्यसखेर संसदमा प्रधानमन्त्रीजी ९पुष्पकमल दाहाल प्रचण्ड० ले बोल्दा आफ्नो मनबाट बोल्नुभएको होइन । सबै अनुसन्धान गरेका निकायलाई बोलाएर, बुझेर उहाँले त्यो कुरा बताउनुभएको थियो,’ लामिछानेले बयानमा भने, ‘अहिलेका प्रधानमन्त्रीज्यूले पनि त्यसैगरी बुझेर बोल्नुभएको थियो । प्रहरी प्रमुखले सबै निकायहरूलाई बोलाएर, सोधेरै भन्नुभएको हो । महान्यायाधिवक्ताको कार्यालयले पनि खोजेर, बुझेरै पत्र दिएको हो ।’

आफ्नो अन्तिम आशा अदालतसँगै भएकोले न्यायको लागि उनले न्यायाधीश सामु अनुनय गरे । न्यायाधीश हिमलाल बेलबासेले उनको मुद्दा अनुसन्धानकै चरणमा रहेको प्रतिक्रिया दिए । ‘यो अनुसन्धानको चरण हो । अहिले दोषी भनिहालेको छैन,’ बेलबासेले भने, ‘अहिले म दोषी भएँ भनेर सोचिहाल्न पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्न पनि पर्दैन ।’

लामिछानेले आफूलाई हिरासत मुक्त गरिदिन अड्डी कसेका थिए । ‘म यहाँ बसेको १ महिना ७ दिन भयो, त्यसको ६ दिन मात्रै सदुपयोग भयो । बाँकी दिन केही गरिएको छैन । म भागेर कहीँ जान्नँ,’ इजलासमा उनले सुनाए, ‘म संसारका राम्रो जिन्दगी बाँचेर आएको मान्छे । म भागेर कहाँ जाउँला र श्रीमान् रु म जतिबेला पनि उपस्थित हुन सक्छु । अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भने पनि छोड्दिनँ ।’

अनुसन्धानमा सघाउन तयार रहेको भन्दै लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दोहोर्‍याए । चारैतिर मुद्दा र बयानले आफूलाई हैरानी भएको उनले सुनाए । न्यायाधीश बेलबासेले हैरानी भएकै कारण छिटो मुद्दा सिध्याउन लागेको बताए । उनले अनुसन्धान जारी रहेकोले थुनछेक बहसमा विचार गर्न सकिने प्रतिक्रिया दिए ।

‘थुनछेकको बेलामा विचार गर्न सकिन्छ, यो अनुसन्धान चाहिँ ठिक छैन, यो ठिक छ भनेर अहिले भन्ने अवस्था छैन,’ प्रतिउत्तरमा बेलबासेले भने । कास्कीबाट छोडे पनि अन्यत्र अनुसन्धानका लागि पुनः पक्राउ पर्ने उनले बताए ।

‘मैले छोडेर के गर्नु तपाईंलाई समाएर फेरि अर्को जिल्ला लगिहाल्छ । अनुमति दिएको छ अरू जिल्लाबाट पनि । मैले छोडेर कुनै औचित्य नै हुन्न । कमसेकम यहीँबाट लानुहुन्छ, बयान गराउनुहुन्छ, यो केशको क्रममा ती केश पनि सकिन्छन्,’ उनले भने । लामिछाने र न्यायाधीश बेलबासेबिच केहीबेर दोहोरो संवाद भएको थियो । सभार रातोपाटी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद