वीरगन्ज,१२कार्तिकःबारामा छठ पूजा मनाउनका लागि एकल तथा बिपन्न गरी तीन सय महिलाहरुलाई नयाँ साडी र नरिवल वितरण गरिएको छ ।
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ परवानीपुर बजारमा सोमबार नेपाल रिटर्नी एशोसियसन ९समाजवादी ० बाराले आयोजना गरेको छठ पर्वको शुुभकामना आदान प्रदान कार्यक्रममा एकल तथा बिपन्न गरी तीन सय जना महिलालाई जनही एकएक थान साडी र एक एक वटा नरिवल वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका एकल र बिपन्न महिलाहरुलाई छठ पूजा मनाउन समस्या नहोस् भनेर नयाँ साडी र पूजन सामग्रीमा उप्रयोग हुने नरिवल वितरण गरिएको नेपाल रिटर्नी एशोसियसन ९समाजवादी ० बाराका अध्यक्ष अनिल साहले बताए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल रिटर्नी एशोसियसन ९समाजवादी ० नेपालका केन्द्रिय अध्यक्ष प्रबिण पौडेलले कृषि क्षेत्रमा सरकारले लगानी बढाएर युवाहरुको विदेश पलायन रोकिन सक्ने बताए । उनले आफ्नै गाँउघरमा कृषि कर्म गरेरपनि मनग्ये आम्दानी गर्नसकिने भएकाले सकभर विदेश नजान आग्रहपनि गरे । एशोसियसनले वैदेशीक रोजगारीमा गएर समस्यामा परेकाहरुलाई स्वदेश फर्काउन पहल गरिरहेकोपनि बताए ।
कार्यक्रममा वैदेशीक रोजगारीमा गाएकाहरुले खेपिरहेको पिडालाई नाटक मार्फत प्रस्तुत गरिएको थियो ।रिटर्नी एशोसियसन ९समाजवादी ० बाराका अध्यक्ष आनिल साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका नेता दिनेश राई,समी कुमारी अग्रवाल, उद्यमी आश्वीनी अग्रवाल , बिनोद साह,राजेश गुप्ता लगायतकोपनि सहभागीता थियो ।