Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एउटा अनुसन्धानमाथि अर्को छानविन गर्ने हो भने प्रहरी काम गर्न डराउँछः प्रदिप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले एउटा अनुसन्धानमाथि अर्को छानबिन उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को अनुसन्धान चलिरहँदा ओभरटेक गरेर छानबिन गर्नु र कमजोरी देखिएको भनेर कारवाही गर भन्नु अपरिपक्व कदम भएको बताए ।

पूर्वन्यायाधीश र पूर्वप्रहरी अधिकारी सम्मिलित जाँचबुझ आयोगको प्रतिवेदनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र सिआइबीको अनुसन्धानमा कैफियत देखाएपछि सरकारले महरालाई नियन्त्रणमा लिएर पुन अनुसन्धान थालेको छ भने सिआइबी प्रमुख परिवर्तन गरेको छ ।

सांसद यादवले भने एउटा छानबिन नसकिँदै त्यसमाथि अर्को छानबिन गर्नु र कारवाही गर्नु उपयुक्त नभएको बताएका हुन् । ‘सुन प्रकरणमा प्रमाणको आधारमा सिआइबीले मुद्दा प्रक्रिया अगाडि बढाएको हो । नेपाल प्रहरीसँग नयाँ प्रविधि नहुँदा म्यानुअलबाट काम गरिरहेको छ । सीमित प्रविधिकै आधारमा काम गरिरहेको छ । तर पनि सफलता हासिल गरिरहेको छ,’ उनले भने ।

यादवले थपे, ‘तर, सरकार सुन तस्करीमा काम गरिरहेको र प्रतिवेदन बुझाएको सिआइबीमाथि जाँचबुझ आयोग बनाउँछ । वर्तमान प्रहरीमाथि पूर्वप्रहरीले छानविन गर्छ । अनुसन्धानमा खटिएको प्रहरी अधिकृतमाथि कारवाही गर्न सरकारलाई निर्देशित गर्छ । प्रतिवेदन कार्यान्वयनका निम्ति सरकार सिआइबीका अनुसन्धान अधिकृतलाई कारवाही गर्छ । यसरी छानविनमाथि छानविन गर्ने हो भने भोलिका दिनमा कोही पनि प्रहरी काम गर्न चाहँदैन । काम गर्न डराउँछ ।’

सांसद यादवले प्रहरीले लगेको मुद्दामा जिल्लाले छोडिदिने, उच्चले थुनामा पठाउने र सर्वोच्चले छोडिदिने अभ्यास रहेको भन्दै छानबिनमाथि छानबिन नीतिअनुसार यसमा उच्चले जिल्लालाई र उच्चलाई सर्वोच्चले कारवाही गर्ने हो भने यो प्रणालीका लागि राम्रो नहुने चेतावनी दिए ।

‘यदि छानबिनमा कुनै व्यक्तिले गल्ती गरेको छ भने कारवाही गरोस् । तर, संस्थालाई बदना गर्ने काम नगरोस्, यसरी मनोबल खस्छ,’ उनले भने ।

सांसद यादवले छानबिनमाथि छानबिनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेको बताए । ‘प्रहरीले अनुसन्धान गरी दोषी समातिसके पनि स्थानीयको आन्दोलन थेग्न नसकेको सरकारले छानविन समिति बनायो, त्यसले काम गर्न सकेन । अर्को छानविन समिति बनायो, त्यसले पनि काम गर्न सकेन । र आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । त्यो पत्ता पनि लाग्न सक्दैन, किनकि हत्यारालाई आन्दोलनको दबाबमा त्यही बेला छोडिसकेको छ,’ उनले भने ।

सांसद यादवले छानबिन माथि छानबिन गर्नेभन्दा भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनतिर लाग्नुपर्ने बताए । ‘त्यसकारण सरकार दबाबमा पर्ने होइन, न्यायोचित काम गर्न आफ्नो अनुसन्धान अधिकृतलाई खटाएर राम्रोसँग अनुसन्धान गरोस् । दोषी नउम्कियोस्, निर्दोष नसफसोस्, त्यसमा सरकारको ध्यान जाओस्,’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० चैत्र १९,सोमबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद