Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चिनियाँ कम्पनि हरु नेपालको प्राकृति श्रोत साधन मासिदै – संयोजक सुनिल यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ४,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, ४ चैत
चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका
छन ।
चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली नगर परिक्रमा गरी घण्टाघरमा कोण सभामा परिणत भएको थियो ।
सो विरोध प्रर्दशनमा चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्दै आईरहेको, जस्तै अनावश्यक रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपाली माथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फस्दाउँदै आएको र केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी ९श्री चाईना रेल वे नं। २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि। काठमाण्डौका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ । सो मद्धा विचाराधिन रहेको र तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध हाम्रो सदैव अभियान जारी राख्ने र मधेशलाई मरुभुमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाई एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनी विरुद्ध विरोध गर्न आग्रह गर्दै आफ्नो मन्तव्य राखेको थिए ।
त्यस्तै अभियानका अभियान्ता चन्द्र प्रकाश सुवेदीले चिनियाँ विस्तारवाद र चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनी द्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहन लगायत बारे आफ्नो भनाई राखेको थिए ।
सो कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विधार्थी तथा समाजसेवीको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० चैत्र ४,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० चैत्र ४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद