Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १७,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी (विशेषज्ञ) सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।

अध्ययनका लागि मेडिकल कलेजले होस्टल बस्नैपर्ने बाध्यता गरेकोलाई हटाउनुपर्ने, अध्ययनपछिको इन्टर्नसिपमा दिईने पारिश्रमिक वृद्धि गर्नुपर्ने, कलेजको क्यान्टिनको मेस हटाउनु पर्ने र इन्टरनेटको वाईफाई हटाउनुपर्ने लगायतका माग गरेर मूल गेटमै धर्ना बसेर आन्दोलन गरेका छन् । उनीहरुले कलेजका प्रशासन प्रमुख आविद हुसैन अन्सारी ९चाँद० को राजिनामा समेत माग गरेका छन् ।
कलेजमा अध्ययन सकिएपछि गरिने इन्टर्नशीपमा दिईदै आएको १० हजार पारिश्रमिक बढाएर १५ हजार गर्नुपर्ने माग राखेको एक विद्यार्थीले बताए । चार दिनदेखि आन्दोलन गरेपनि कलेज प्रशासनले अहिलेसम्म कुनै सुनुवाई नगरेको आन्दोलनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । प्रशासन प्रमुख चाँदले विद्यार्थीहरुलाई राम्रो व्यवहार नगरेकोले राजिनामा माग गरेका हुन् ।

चार दिनदेखि विद्यार्थीहरुले गरेको आन्दोलनले पठनपाठन ठप्प भएपनि आधिकारिक कोही पनि व्यक्ति विद्यार्थीहरुको माग सम्बोधनको विषयमा भन्न नआएको आन्दोलन विद्यार्थीले बताएका छन् ।

नेशनल मेडिकल कलेजमा विद्यार्थीहरु आन्दोलित भएको जानकारी पाएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्ष इश्क कुमारले संगठनको ध्यानाकर्षण हुने बताएका छन् ।

उनले आन्दोलनरत विद्यार्थीहरुसँग भेटेर मागको विषयमा बुझेको र मागहरु जायज रहेकोले सम्बोधन गर्नुपर्ने बताए । कलेज प्रशासनले होस्टेल, तथा इन्टरनेट लगायतका सेवाहरुमा शुल्क वृद्धि गर्ने तर बर्षौदेखि त्यहि इन्टर्नशीपमा कार्यरत विद्यार्थीहरुको पारिश्रमिक नबढाउनु न्यायोचित नभएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० माघ १७,बुधबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० माघ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद