Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

टिकटक बन्द हुदाँँ मौसमी राजनीति गर्ने नेताहरूमा रुवाबासी चलेको छ : सांसद यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २९,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२९कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द भएपछि सस्तो लोकप्रियताका लागि राजनीति गर्ने केहि नेताहरुमा रुवाबासी चलेको टिप्पणी गरेका छन् ।

गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसंगै त्यसको समर्थन र विरोधमा राजनीतिक दलहरुबाटै फरक फरक प्रतिक्रिया आइरहेको छ ।यसै सन्दर्भमा पूर्व वनमन्त्री समेत रहेका जसपाका प्रमुख सचेतक यादवले सरकारको उक्त निर्णयको समर्थन गर्दै बुधबार फेरि सामाजिक सञ्जाल फेसबुकमार्फत आफनो प्रतिक्रिया दिएका छन् ।

फेसबुकमा यादवले लेखेका छन् –नेपाल सरकारले चीनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’ लाई पचेको छैन ।किनकी टिकटक कै कारण केही नेताहरू रातोरात जन्मेका छन्। अहिले टिकटक बन्द हुदाँ ती नेताहरूको निन्द्रानै हराम भएको छ ।यहाँ सम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरुले पनि रोइलो गरिरहेका छन् ।साईबर सेना बनाएर सस्तो लोकप्रियता कमाउने उनिहरूमा रूवाबासी चलेको छ।’

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयले फेक आइडी खोलेर सस्तो लोकप्रियता कमाउने टिकटक बिशेषज्ञ एवं राजनीतिक मौसमविदहरूको सपना नै चकनाचूर भएको टिप्पणी गरेका छन् ।

सरकारको तर्फबाट तिहारको ‘सर्प्राइज’ उपहार स्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताहरूको चिन्ता असाध्यै बढेको भन्दै यादवले लेखेका छन् ,‘ किनभने लामो समयदेखि टिकटक मार्फत भ्रम सृजना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका उनीहरूलाई यो निर्णयले ठूलो धक्का लागेको छ ।टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अंकुश लगाइदिएको छ।’

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय जायज मात्र नभइ समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्वपूर्णपनि रहेको यादवको बुझाई छ ।पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरूबिचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पु¥याउने काम भएको र त्यसका लागि टिकटकलाई नै सबै भन्दा बढी माध्यम बनाइएको यादवले बताएका छन् ।

उनले लेखेका छन्,‘ उदाहरणका लागि केही समय अगाडि देशका विभिन्न स्थानमा भएका धार्मिक सद्भाव बिथोल्ने दुष्प्रयासलाई नै हेरौँ । त्यो बेला हिंसात्मक भाषण दिनेदेखि एक अर्काको धर्ममाथि आँच पुग्ने किसिमका अभिव्यक्ति दिने काम लगायतका अधिकांश हर्कतहरु टिकटककै माध्यमबाट भएका थिए ।यद्यपि यस विषयमा टिकटकर नेताहरूले कहिल्यै बोलेको पाइएको छैन । किनभने उनीहरूलाई देशको सामाजिक र धार्मिक सद्भाव भन्दा पनि आफ्नो सस्तो लोकप्रियता नै बढी प्यारो जस्तो देखियो ।

मुलुकको सुरक्षा जोखिममा हुँदा सरकारले जुनसुकै बेला टिकटक जस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्नुपर्नेमा उनको जोड छ ।टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत बर्षेनी अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेको उल्लेख गर्दै यादवले लाइक, कमेन्ट र फ्लोअर्सका लागि युवाहरू अश्लीलता र आफ्नै ज्यानै जाने किसिमको जोखिमपूर्ण काम समेत गरिरहेको थुप्रै घटना भइसकेको बताएका छन् ।

फेसबुक पोष्टमा यादवले लेखेका छन्,‘ टिकटक मार्फत हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङ लगायत अन्य आपराधिक गतिविधिहरूको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएको छ । एक तथ्याङ्कअनुसार पछिल्लो समय साइबर ब्युरोमा परेको उजुरीमध्ये अधिकांश टिकटकसँगै सम्बन्धित छन् । यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ ।

चिनिया प्राविधिक कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको उनको भनाई छ ।

यस्तैखालका सुरक्षा जोखिमकै कारण छिमेकी मुलुक भारत, बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, लात्भिया, नर्वे, न्यु जिल्यान्ड, क्यानडा, पाकिस्तान, ताइवान, अमेरिका लगायतका कैंयन देशहरूले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको उनले बताएका छन् ।

तसर्थ सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा रहेको तर्क गर्दै यादवले लेखेका छन्,‘ समाज भित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन ।आफु स्वंयपनि टिकटक प्रयोगकर्ता भएपनि सरकारको यो जायजÞ निर्णयको पुर्ण समर्थन गरेको उनको भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० कार्तिक २९,बुधबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० कार्तिक २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद