Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लोसपाको वरिष्ठ उपाध्यक्षमा बाराका सोनल र पर्साका कर्ण मनोनीत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को वरिष्ठ उपाध्यक्षमा जीतेन्द्रप्रसाद सोनार (सोनल) र पूर्व मन्त्रीद्वय लक्ष्मणलाल कर्ण मनोनीत भएका छन् ।

लोसपाले सोमबार आफ्नो पदाधिकारी र केन्द्रीय समिति विस्तार गर्दै सोनल र कर्णलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो ।

मधेस प्रदेशको पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रहेका सोनल हाल लोसपाको मधेस प्रदेश अध्यक्ष समेत छन् । उनी बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट दोस्रो कार्यकालका प्रदेशसभा सदस्यमा पनि निर्वाचित भएका छन् ।

त्यस्तै कर्ण नेपाल सरकारका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । गत आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित उनी यस पटक पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रदीप यादवबाट पराजित भएका थिए । कर्ण यसअघि पार्टीका वरिष्ठ नेता थिए ।

लोसपाले ६३ जना पदाधिकारी चयन गरेको छ । एक अध्यक्ष, तिन वरिष्ठ नेता, एक वरिष्ठ सह-अध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सह-महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष र एक प्रवक्ता चयन गरेको छ । त्यस्तै पार्टीले एक सय ८४ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।

महन्त ठाकुरलाई अध्यक्ष, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता तथा सर्वेन्द्र नाथ शुक्ललाई वरिष्ठ सह-अध्यक्ष बनाइएको छ भने सोनल र कर्ण बाहेक उमाकान्त झा, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीप नारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ । निर्जला राउतलाई कोषाध्यक्षको पनि भूमिका दिइएको छ ।

महासचिवमा परमेश्वर साह, अभिराम शर्मा, केशव कुमार झा, डा. सुरेन्द्रकुमार झा, कविन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्रकुमार झा, विनोद सिंह, देवेन्द्र यादव, अभय सिंह, जयनुल राइन, उपेन्द्र महतो, अनिल महासेठ र अमर यादव छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन ८,सोमबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद