Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा पर्साका मनोनित पदाधिकारीहरुको सपत ग्रहण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्साले जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा आफ्ना पार्टी पदाधिकारी र सदस्यहरुलाई आज एक कार्यक्रमका बिच पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम कुर्मी सेवा सदनमा सम्पन्न गरेको छ !

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मिले जेष्ठ १५ गते मनोनयन गरिएका ३ उपाध्यक्ष अजय प्रसाद चौरसीया नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह , उपसचिव २ जना नुर आलम अन्सारी , सुनिल कुशवाहा र १ कोषाध्यक्ष गरि कुल ७५ जना पदाधिकारी एवम् सदस्यहरुलाइ पद तथा गोपनियता शपथ ग्रहण गराएका छन् !

कार्यक्रममा मनोनीत गरिएका पदाधिकारी एवम् सदस्यहरुलाइ गमछा र टीका लगाइ सम्मान पनि गरिएको कुरा कार्यक्रम संचालक एवम् जिल्ला सचीव अहमदले बताउनु भयो !

कार्यक्रमका प्रमुख अतिथिले आजको कार्यक्रमले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गर्नु भयो र अब यो समितिलाइ गाउँ गाउँ र टोल टोल पुगि संगठनलाई थप चुस्त दुरुस्त बनाउने निर्देशन समेत दिनु भयो र जिल्ला अध्यक्ष यादवले कार्यक्रम समापन गर्दै अब हामी आफुलाइ समय सापेक्ष परिवर्तन गरि संगठनको काममा लाग्ने र छिटोभन्दा छिटो कार्यकारिणी समितिको बैठक बसि विभिन्न आयोगहरु समेत गठन गरि अगाडी बढ्ने कुरामा जोड दिनु भयो !

कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य हरेन्द्र चौरासीया, शेख खुर्सेद , जयनारायण पटेल, प्रदिप जयसवाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए !

कार्यक्रममा स्वागत मन्तव्य जसपा जिल्ला कोषाध्यक्ष एवम् सखुवाप्रसौनीका उप मेयर शार्मिला महतो बिष्टले गरेका थिए र कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख्य उपास्तिथी रहेको कुरा सचीव अहमदले जानकारी गराएका छन !

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० असार २६,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० असार २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद