वीरगञ्ज । नेपाली काङ्ग्रेसको युवा सङ्गठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा पर्साबाट पाँच जना मनोनीत भएका छन् ।
तरुण दलको केन्द्रीय सदस्यमा पर्साबाट सन्तोष चौधरी, सञ्जय चतुर्वेदी, राकेश यादव, देवप्रकाश पटेल र रोशन सिंह (मुन्ना) मनोनीत भएका हुन् ।
काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठित तरुण दलका केन्द्रीय सदस्यमा देशभरबाट ४ सय जनालाई बुधवार मनोनीत गरेकामा पर्साबाट पाँच जना परेका हुन् ।
यस्तै तरुण दलको केन्द्रीय सदस्यमा बाराबाट भने आठ जना मनोनीत भएका छन् ।
बाराबाट तरुण दलको केन्द्रीय सदस्यमा सुझाव जयसवाल, राजकिशोर गुप्ता, दीपेन्द्र केशरी, विजय चौधरी, विष्णु खड्का, आसिक तामाङ, पारसमणि चौधरी र ओमप्रकाश ठाकुर मनोनीत भएको काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।