Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको १३ औं अधिवेशन : शिक्षामा विशेष जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ६ असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा शिक्षालाई विशेष जोड दिएको छ । त्यसका लागि शिक्षित युवावर्गलाई स्वयंसेवा मार्फत शैक्षिक उन्नयनमा योगदान दिने अवसर प्रदान गर्न विद्यालय शिक्षा स्वयंसेवा कार्यक्रम संचालनको विशेष नीति लिइएको हो ।

महानगरप्रमुख राजेशमान सिंहले बुधबार नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षालाई विशेष जोड दिइएको बताउनु भएको हो ।

यस्तै आर्थिक गतिविधिलाई गतिशिलता दिन वीरगंजलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अगाडि बढाउने नीति पनि महानगरले  अघि सारेको छ ।

अबदेखि सेवाग्राहिले जुनसुकै ठाउँबाट भवन निर्माण ईजाजतको लागि आवेदन दिन मिल्ने र आफ्नो काम कुन तहमा पुगेको छ भनी हेर्न मिल्ने गरी Electronic Building Permit System (EBPS) लागु गरी आधुनिकिकरण गरिने नीति लिएको बताउनुभयो ।

महानगरभित्र पानीको सतह घट्दै गएकोले भवन निर्माण ईजाजत दिँदा अनिवार्य रुपमा तोकिएको  Rain Water Harvesting प्रणाली अवलम्बन गर्नुपर्ने नीति पनि महानलेग अघि सारेको छ ।

महानगर क्षेत्र भित्र व्यवसायीक प्लटिङ गर्नेहरुले अब देखि भने अनिवार्य रुपमा प्लटिङ स्वीकृति लिनुपर्नेछ । व्यवसायकर आ.व.को पौष मसान्त भित्र बुझाएमा १० प्रतिशत छुट दिईने नीति अवलम्बन गरिएको छ । यस्तै राष्ट्रिय समाचार समितिसँगको समन्वयमा भोजपुरी भाषा प्रवद्र्धनका लागि भोजपुरी भाषामा पनि समाचार प्रकासित गराउन महानगरले आवश्यक सहयोग गर्ने, भोजपुरी कला (Arts)  मार्फत शहर सौन्दर्यकरणमा जोड दिने नीति लिएको छ ।

पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर अध्ययन गर्न चाहने श्रमजिवी पत्रकारलाई छात्रवृत्ति उपलब्ध गराउने, महानगरले युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन, बिजनेस” भन्ने भावना जागृत तुल्याउँदै स्वरोजगार उन्मुख बन्न प्रेरित गरिने नीति लिइएको छ ।

नीति कार्यक्रमको पूर्णपाठ साथैमा छ ।

आर्थिक वर्ष २०८०-०८१ को निति तथा कार्यक्रम

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० असार ६,बुधबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० असार ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद